आज सबैको ध्यायन मेस्सीमा, गर्लान् त चमत्कार ?

रिपोर्ट नेपाल | 2018 Jun 21 | 05:19 pm 2714

काठमाडौं, ७ असार : रुसमा जारी विश्वकपमा आज आज सी र डीका तीन खेल हुदैँ छ । सी अन्तरगत पहिलो खेल डेनमार्क भर्सेस अष्ट्रेलिया हुदैँ छ भने दोस्रो खेल फ्रान्स भर्सेस पेरु हुदैँछ । आजै हुने तेस्रो खेलमा समुह डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच हुदैँ छ ।

तर आजको तीन खेलमध्ये डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच सबैको ध्यायन रहेको छ । २०१८ बाट विश्वकपको यात्रा सुरु गरेको नव टिम आईसल्याण्डसग समुहको पहिलो खेलमा बराबरी गरेको अजेन्र्टिनाले आज समुहको दोस्रो खेलमा क्रोएसिया विरुद्ध भिड्दैछ । पहिलो खेलबाट एक अंक बाँडेको अर्जेन्टिनाले विश्वकपको यात्रालाई अगाडि बढाउन पनि क्रोएसिया विरुद्ध जित निकाल्नु पर्ने आवश्यकता देखिन्छ ।

उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई आजको खेलमा बढि तनाव हुने पक्का छ । तालिकाको तेस्रो स्थानमा छ । उता अर्जेन्टिनाको प्रतिद्धन्द्धी क्रोएसिया पनि आजको खेलमा जित निकाल्दै प्रिक्वाटर फाईनलको नजिक जान चाहन्छ । क्रोएसियाले आफनो समुहको पहिलो खेलमा नाईजेरियालाई दुई शुन्यको जित निकाल्दै तीन अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

मेस्सी धेरै मन पारएका एक महान फुटबल खेलाडि हुन् । उनले बर्सालिनोबाट धेरै लिगको उपाधिहरु जितेका छन् । तर उनले आफ्नो खेल जिवनमा अफ्नो देश अर्जेन्टिनाका लागि विश्वप भने जिताउन सकेका छैनन् । दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले चार वर्ष अघि ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल खेलेको थियो । थपिएको समयमा जर्मनीसँग १–० ले पराजित भएको अर्जेन्टिनाले २०१५ र २०१६ को फाइनलमा चिलीलाई नतिजा सुम्पिएको थियो । ३ वटा फाइनलमा अभागी बनेका मेसी अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने अवसरबाट चुकेका थिए ।

विश्वकपको उपाधि उचाल्ने सपना मेसीका लागि यो अन्तिम पटक पनि हुन सक्छ । अर्को पटक हुने विश्वकपमा भाल लिने सम्भवना कमै रहेको छ । उनको यो विश्वपको उपाधि उचाल्ने अन्तिम मौका बन्न सक्छ । त्यसैले पनि समूह ‘डी’ अन्तर्गत बिहीबार क्रोएसियाविरुद्धको खेलले मेसीको जीवनमा विशेष महत्व राख्नेछ । मेसी मात्र होइन अर्जेन्टिनाका लागि पनि ।

मेसीले क्लबबाट ४ वटा च्याम्पियन्स लिग, ९ वटा स्पेनिस लिगको उपाधि जितिसकेका छन् । तर जन्मभूमि अर्जेन्टिनालाई उनले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताउन सकेका छैनन् ।

विश्वकपको पहिलो खेलमा मेसीले पेनाल्टी गुमाउँदा आइसल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाउनुप¥यो । नव प्रवेशी आइसल्यान्डसँगको बराबरीले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश पुग्ने बाटो साँघुरो बन्यो । अब त्यसलाई फराकिलो बनाउनका लागि मेसीको टोलीले बिहीबार क्रोएसियालाई हराउनु पर्नेछ । ‘आइसल्यान्डविरुद्धको खेलमा भएका कमजोरी सुधार्नु आवश्यक छ । तर हामी त्यसमै अल्झेर बस्नु हुँदैन,’ अर्जेन्टिनाका रक्षक ग्याब्रियल मेर्काडोले भने, ‘हामीले त्यसबाट माथि उठेर क्रोएसियाविरुद्धको अर्को खेल जित्नुपर्छ ।’

क्रोएसियाले नाइजेरियालाई २–० को नतिजामा हराउँदै तीन अंक जोडेको छ । त्यसैले निज्ने नोभगोरोडमा हुने अर्जेन्टिनाविरुद्धको खेलमा क्रोएसिया तुलनात्मक रूपमा कम दबाबमा हुनेछ ।

अर्जेन्टिनाले २५ वर्ष अघि १९९३ मा कोपा अमेरिकाको उपाधि जितेपछि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन । आजको खेलमा उनले कस्तो चमत्कार गर्लान् वा प्रशंसकलाई निराश बनाउलान् त्यो भने हेर्न बाँकी नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.