काठमाडाै, असार १७ । अबैध लागु औषध कारोवार गर्ने विदेशी नागरीक र अन्य व्यक्तिहरू देशका विभिन्न स्थानहरूबाट लागु औषध सहित पक्राउ भएका छन् ।
लागु औषध काराेबार भईरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो तथा मातहत शाखा कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानहरुबाट अवैध लागु औषध कारोबार गर्ने व्यक्तिहरुलाई लागु औषध सहित पक्राउ गरिएको हाे ।
उनीहरु माथी लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडाैं तथा सम्बन्धित जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको लागु औषध व्यूरोले जनाएको छ ।
विस्तृत विवरण यसप्रकार छः
- मिति २०८०।०३।११ गते टर्किस एयरको फ्लाईटद्वारा काठमाण्डौबाट टर्की, स्तानबुल हुंदै स्विजरल्याण्डको जुरीच प्रस्थान गर्न लागेका मोल्दोभा र रोमानिया का राहदानी बाह्क बर्ष ४१ को डेनिस क्युसिरियाले साथमा लिई आएको लगेजहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियाको एक्सरे मेशिनमा स्क्रिनीङ गर्ने क्रममा शंका लागेर ब्यागेजहरूलाई खोली चेक जाँच गर्दा ब्यागेज भित्रबाट लागु औषध चरेश ८ किलो ७४० ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको ।
- मिति २०८०।०३।१३ गते का.जि.का.म.न.पा. वडा नं। ९ गौचर काठमाडाैंको भन्सार आयात तर्फको गोदामबाट रिपब्लिक अफ यमन बाट जारी राहदानी बाह्क बर्ष ३९ को मोहम्मद यहया अब्दो मोहम्मदको साथबाट लागु औषध खात २० केजी र निज बस्दै आएको का.जि.का.म.न.पा. १७ ठमेल स्थित एक होटेलबाट खातको धुलो जस्तो देखिने पदार्थ १ के।जी। १६० ग्राम गरी जम्मा २१ के।जी। १६० ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको ।
- मिति २०८०।०३।१३ गते ला.औ.नि. व्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले का.जि.का.म.न.पा. ६ बाट जि. झापा शिबसताक्षी न.पा. वडा नं. ७ बस्ने बर्ष ४५ को भानुभक्त लिङ्देनलाई लागु औषध खैरो हेरोईन ३२ ग्राम र नियन्त्रित लागु औषध नाईट्रोभेट ट्याब्लेट ९ सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको ।
- मिति २०८०।०३।१२ गते ला.औ.नि. व्यूरो, शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जि।रुपन्देही, सांस्कृतिक न।पा। ६ बस्ने बर्ष ३५ को कमामुद्दिन मुसलमानको साथबाट नियन्त्रित लागु औषध नाईट्रोभेट ट्याब्लेट ५५, स्पास्मो २०० क्याप्सुल र कोरेक्स २ लिटर सहित पक्राउ गरी ईप्रका लुम्बिनीबाट थप अनुसन्धान भई रहेको ।
- मिति २०८०।०३।१३ गते ला.औ.नि. व्यूरो, शाखा कार्यालय विरगंजबाट खटिएको प्रहरी टोलीले पर्सा, बिरगंज म.न.पा. १६ रजत जयन्ती चोकबाट भारत जि.मोतिहारी रक्सौल न.पा. ४ डन्कनरोड बस्ने बर्ष २० को अनिल सिंहको साथबाट नियन्त्रित लागु औषध नाईट्रोभेट ट्याब्लेट १४७० सहित पक्राउ गरी व.प्र.का. बिरगंज बिर्ताबाट थप अनुसन्धान भई रहेको ।
- मिति २०८०।०३।१३ गते ला.औ.नि. व्यूरो, शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले जि। सिरहा, सिरहा न.पा. ८ ट्राफिकचोक बाट ऐ.ऐ. बस्ने बर्ष १९ को मनिष यादव ऐ.ऐ. बस्ने बर्ष २० को बिबेक ठाकुर र ऐ.ऐ. वडा नं. २० बस्ने बर्ष १९ को सत्य नारायण कारक को साथबाट अवैध लागु औषध खैरो हेरोईन ६२ ग्राम र डिजिटल तराजु १ थान सहित पक्राउ गरी जि.प्र.का. सिरहामा थप अनुसन्धान भई रहेको ।
- मिति २०८०।०३।१४ गते ला.औ.नि. व्यूरो, शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले बाँके नेपालगंज उ.म.न.पा. ११ बिपीचोकबाट ऐ.ऐ बस्ने बर्ष रन्जत खान र ऐ.ऐ बस्ने बर्ष ३९ को चादे राई सहेत २ जनालाई अवैध लागु औषध खैरो हेरोइन २० ग्राम सहित पक्राउ गरी जि.प्र.का. बाँकेबाट थप अनुसन्धान भई रहेको ।