अमेरिकामा तीन नेपालीको गाेली हानी हत्या

| 2023 Dec 10 | 04:46 pm 1129

अमेरिका, मंसिर २४ – संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाएअनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुऱ्याइएको छ ।

घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहारबारे अनुसन्धान जारी छ । गैरनाफामुखी अनुसन्धान समूह ‘गन भाइलेन्स आर्काइभ’ले जनाएअनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.