सन् १०६९ मा श्रील प्रभुपाद लण्डनका “कन्वे हल” सभा भवनमा सम्बेधन गर्नुहुन्छः “म कसैको पनि सेवक होइन । म त भगवानको सेवक हुँ र भगवद्सेवा गर्नु नै मेरो एक मात्र काम हो भनेर जसले सोच्न सक्छ, ऊ तत्कालै जीवनमुक्त बन्दछ । उसको हृदय तत्कालै निर्मल बन्दछ । ऊ जीवनमुक्त बन्नेछ । त्यो जीवनमुक्त अवस्थामा पुगेपछि ‘यति मात्र भो, उतिभएन’ भन्ने जस्ता चिन्ता र आकाङ्क्षाले उसलाई कतिपनि सताउँदैन किनभने उसको सुदृढ सवश्वास बोकेको हुन्छ, “म भगवानको सेवक हुँ ।
भगवानले मलाई रक्षा गर्नुुहुनेछ । मैले किन चिन्ता गर्नुपर्यो ?”
आज म यहाँहरुसमक्ष बोल्न गइरहेछु ‘सम्बन्ध’ तत्वका विषयमा । अर्थात् भगवानसँग हाम्रो जस्तो सम्बन्ध छ, त्यसबारे म बोल्न गइरहेछु । जीव र परमात्माबीच परस्पर सम्बन्धको ज्ञान हुनु नै आत्म–साक्षात्कार हो । हामीद्वारा सञ्चालित सङ्कीर्तन अभियान आत्मसाक्षात्कार गर्ने एकदमै सजिलो विधि हो किनभने नामसङ्कीर्तनले व्यक्तिको हृदय स्वच्छ र निर्मल बनाइदिन्छ । हृदयरुपी ऐनालाई काम, क्रोध, लोभादि फोहोरले ढाकिदिएका हुँदा हामी आफ्नो स्वरुपको बोध गर्न सकिरहेका छैनौं ।
फोहोर धुलोले ढाकिएको ऐनामा आफ्नो अनुहार देखिँदैन, तर सफा ऐनामा आफ्नो अनुहार छर्लङ्गै देखिन्छ । त्उसैगरी, हृदयरुपी ऐनालाई सफा र स्वच्छ बनाउने साधना विधिलाई ‘ध्यान’ भनिन्छ । यस्तो ध्यान गर्नु भनेको चाहिँ परमात्मा ईश्वरसँगको आफ्नो सम्बन्ध बोध गर्नु हो ।
हामी जहाँ छौं र जोसँग सम्पर्कमा आएका छौं, त्यहाँ सम्बन्धको सवाल हुन्छ । म तपाईहरु समक्ष यहाँ यस आसनमा बसेको छु । यो आसनसँग मेरो सम्बन्ध रहेको छ । म यसमा बस्नेछु र यसले मलाई बस्न दिनेछ ।
तपाईहरुबीच पनि परस्पर सम्बन्ध अवश्य छ । तपाईहरु कोही बेलायती हुनुहुन्छ र कोही चाहिँ भारतीय । त्यसैगरी, जातीय, वर्गीय, पारिवारिक, सामुदायिक, वैयक्तिक आदि विविध सम्बन्धहरुको अनुभूति हामीले सधैँभरि गरिरहेका छौं । यहाँ यस संसारको प्रपञ्चभित्र हामीले यस्ता थुप्रै सम्बन्धहरुको अनुभूति गरिरहेका छौं भने परमात्मा वा भगवानसँग हाम्रो के सम्बन्ध छ ? तपाईले धेरै व्यक्तिहरुसँग यो प्रश्न सोध्नुभए पनि कमैले मात्र सही उत्तर दिनेछन् ।
अधिकांश मानिसहरुले ठाडै भन्नेछन्, “के को ईश्वर ? ईश्वर त पहिल्यै मरिसक्यो । ईश्वर नै छैन भने ईश्वरसँगको सम्बन्धको किन कुरा गर्ने ? मलाई ईश्वर छ भन्ने कुरामा विश्वास छैन ।” यसरी बोल्ने मानिसहरुको हृदयभित्र थुप्रै फोहोरहरु जमेका हुनाले उनीहरुले यथार्थलाई बुझ्न सक्दैनन् र देख्न सक्दैनन् । यहाँ हरेक व्यक्ति र वस्तुसँग हाम्रो सम्बन्ध छ भने स्रष्टा ईश्वरसँगको हाम्रो सम्बन्धलाई किन बुझ्न नखोज्नु ? यसबारे बुझ्नै नखोजी आँखा चिम्लेर चुपचाप बसिरहनु बुद्धिमत्ता हो ? पक्कै होइन । यो त केवल अज्ञानता र मुर्खता हो । यस संसारमा भौंतारिन आइपुगेका सबै प्राणीहरु प्रकृतिका तीन गुणहरुद्वारा विमोहित बनाएका छन् ।
यिनै गुणहरुद्वारा लठ्ठ्याएका हुँदा उनीहरुले ईश्वरलाई देख्न सक्ैनन्, ईश्वरलाई बुझ्न सक्दैनन् । उनीहरुले बेझ्न पनि चाहँदैनन् । यी देख्न नसक्ने, बुझ्न नसक्ने र बुझ्न नखोज्नेहरुको पहुँचभन्दा पर ईश्वर विराजमान रहनुभएको छ । उदाहरणका लागि यहाँ बेलायतमा बिहान एकदमै बाक्लो हुस्सु लाग्छ र हुस्सुभन्दा माथि अवस्थित सूर्यलाई तपाईहरु देख्नुहुन्न ।
हुस्सुका कारण सूर्य नदेखिए पछि सूर्य नै छैन भन्न मिल्छ र ? हुस्सुले तपाईको आँखा छोपिदिएपछि तपाईहरु सूर्यलाई देख्न सक्नुहुन्न । तर, तपाईहरु बेलायतभन्दा अन्य मुलुकमा फोन गरेर सोध्नुहोस् । उनीहरुले भन्नेछन्, “यहाँ त सूर्य देखिएको छ । जताततै उज्यालो छ हामीले सूर्यलाई देखिरहेका छौँ ।”
ठीक यसैगरी तपाई ईश्वरको सत्तालाई स्वीकार्नुहुन्न वा ईश्वरसँगको आफ्नो सम्बन्ध बोध गर्न सक्नुहुन्न भने तपाईमा ज्ञानको अभाव भइरहेको बुझ्नुपर्दछ । ईश्वर नै छैन भन्नु पटक्कै मिल्दैन किनभने ज्ञानको अभावमा हामीले उहाँलाई देख्न र बुझ्न सकिरहेको छैन । तपाईहरु विचार गर्नुहोस्, सूर्यलाई बादलले ढाकेको हुँदैन । बादलले सूर्यलाई ढक्नै सक्दैन ।
बादलसँग सूर्यलाई ढाक्न सक्ने क्षमता नै छैन । सूर्य कतिठूलो छ ? सूर्य त पृथ्वी भन्दा कैयौँ गुणा ठूलो छ । हाम्रोसामु बादलले सूर्यलाई ढाकिदिएको जस्तो लागे पनि कति ढाकिदिएको छ ? दश, बीस वा अधिकतम सय मिल ? यस अर्थमा बादलले सूर्यलाई ढाक्नै सक्दैन । बादलले बरु तपाईहरुको आँखा ढाकिदिन्छ ।
बाघले खरायोमाथि झम्टिन आउँदा त्यसले आफ्नो रक्षा गर्न सक्दैन । खरायोले आँखा चिम्लिएर ध्यान गर्छ, “मलाई झम्टन आउने बाघ फासफुस भयो ।” भगवानको महामायाले हाम्रो विवेकको आँखा छोपिदिएपछि हामी पनि त्यही खरायोले झैँ आँखा चिम्लिएर सोच्ने गर्छौँ, “भगवान् छैन । भगवान् त मरिसक्यो।”
भगवानका तीन प्रमुख शक्तिहरु छन् । विष्णु पुराणमा ती शक्तिहरुको वर्णन गरिएको छ भने वेद तथा उपनिषद्हरुमा पनि तिनको वर्णन गरिएको पाइन्छ । परास्य शक्तिर्विविधैव श्रूयते अर्थात् भगवानका विविध शक्तिहरु छन् । श्रुति भनिन्छ, “भगवानले कुनै कार्य गर्नुपर्दैन ।”
हामीले काम गर्नैपर्छ किनभने काम नगरेसम्म हामी बाँच्नै सक्दैनौँ । हामीलाई आहार, विहार आदि सबै कुराहरु चाहिन्छन् तर भगवानले केको लागि काम गर्नुपर्छ र ? उँहाले काम गर्नुपर्दैन ।
अनि, त्यस्तो काम नगर्ने भगवानले विश्व सृष्टि गर्यो कसरी भन्ने ? काम नगरी कसरी सृष्टि हुन्छ ? हँ, उनले हातै नचलाए पनि सृष्टिकार्य सम्पन्न हुन्छ । यत्रो विशाल सृष्टिकार्य कसरी सम्पन्न भयोे ? उत्तर हो – भगवानका विविध अचिन्त्य शक्तिहरुका माध्यामबाट ज्ञान, बल र क्रियासहित सृष्टिकार्य स्वतः सम्पन्न हुन्छ । हामीले फूलहरु फूलिरहेका देखेका छौँ ।
तिनमा आफ्नै भिन्नाभिन्नै रङ्गहरुको सौन्दर्य र सुगन्धसमेत प्रदर्शन हुने गर्छ । एकातिर अलिकति सेतो थोपा र अर्कातिर अलि बढी गाढा रातो आदि रङ्गहरु रङ्गिएका देखिन्छन् । पुतलीको अंगमा पनि यस्तै समानुपातिक रङ्गहरुको कला प्रस्तुत गरिएको हुन्छ । यस्तो कार्यकौशलता अत्यन्त स्वभाविक एवम् सहज ढंगमा प्रस्तुत गरिए पनि कसरी कार्य सम्पन्न भयो हामी देख्न सक्दैनौँ । कार्य सम्पादन कसरी भयो, हामी बुझ्न सक्दैनौँ, तर कार्य सम्पादन भइरहेको छ, भगवानकै अचिन्त्य शक्तिहरुको चमत्कारमा।
ज्ञानको अभावले गर्दा अल्पज्ञ मानिसहरु ईश्वर छैन, ईश्वर मरिसक्यो र ईश्वरसँग हाम्रो सम्बन्ध छैन भन्ने गर्छन । यस्ता नास्तिकवादी विचारधारा तिनै मानिसहरुको विचारधारासँग तुलना गर्न मिल्छ, जसलाई भूतप्रेतले सताएका छन् । भूतप्रेतादिद्वारा सताइएका मानिसहरुले मनपरी निरर्थक कुरा बोल्ने गरेजस्तै भगवानको माया शक्तिद्वारा विवेकहिन बनेका मुर्ख मानिसहरुले पनि ईश्वर मरिसक्यो भन्ने गर्छन् । तर, त्यो यथार्थ कुरा होइन ।
त्यसैले, हाम्रो चित्तमा जन्मेका फोहरहरु सफा गर्नका लागि दिनानुदिन भगवानमा सङ्कीर्तन गर्नु आवश्यक छ । तपाईहरु हरे कृष्ण मन्त्र कीर्तनको यो सजिलो विधि अनुसरण गर्नुहोस् । घरमा, परिवारका माझमा, क्लबमा, सडकमा वा जहाँ भए पनि हरे कृष्ण मन्त्र जप्नुहोस् र कीर्तन गर्नुहोस् । चित्तका मलिनताले ढाकिदिएको तपाईको स्वरुप स्वच्छ एवम् निर्मल बन्नेछ । तपाईहरुले आफ्नो स्वरुपको बोध गर्न सक्नुहुनेछ ।
श्रीचैतन्य महाप्रभुले उपदेश गर्नुभएको छ, चेतोदर्पणमार्जनम् ।
मार्जनम् भनेको सफा गर्नु हो । अनि दर्पणम् भनेको भनेको चाहिँ ऐना हो । हाम्रो हृदय पनि ऐनाजस्तै हो । यो पनि फोटो खिच्ने क्याराजस्तै छ । क्यामेराले दिनरातका सबै खाले दृश्यहरुको तस्बिर खिच्ने गर्छ भने हाम्रो हृदयले पनि जीवनभरिको तस्बिर खिचेर सुषुप्त अवस्थामा राख्ने गछनर्् । मनोवैज्ञानिकहरुले यो कुरा राम्ररी बुझेका हुन्छन् । हाम्रो हृदयले थुप्रै तस्बिरहरु खिचेर राखेका छन् र तस्बिरहरुले हाम्रो हृदय खचाखच भरिएको छ । हाम्रो हृदयले तस्बिर खिच्ने काम कहिलेदेखि सुरु गर्यो ? त्यो हामीलाई थाहा छैन ।
तर पनि, हामी एउटा कुरा निश्चितरुपमा भन्न सक्छौँ, जहिलेदेखि हामी यहाँ मायाको सम्पर्कमा आयौँ, त्यसबेला देखि नै हाम्रो स्वरुपको विस्मृति हुन थाल्यो । चेतोदर्पणमार्जनम्ः आफ्नो स्वरुपको बोध गर्नुछ भने चित्तमा जमेका फोहोरहरु सफा गर्नुपर्दछ । चित्त शुद्धिका लागि ज्ञान, ध्यान, याग, कर्म आदि अनेक प्रकारका योग विधिहरु छन् ।
कर्मयोगले समेत चित्तशुद्धि गर्न मद्दत पुर्याउँदछ । कसैले शुभकार्यहरु मात्र गर्दै गए उसको चित्त शुद्ध हुन्छ । चित्तशुद्धिका लागि यी सबै प्रकारका योगविधिहरु सबै शास्त्रमा बताइएका भए पनि यस कलियुगमा तिनको अनुसरण गर्न अति गाह्रो छ ।
उदाहरणर्थ, ज्ञानयोगको साधना गर्न मानिस विद्वान् हुनुपर्दछ, थुप्रै ग्रन्थहरु पढ्नुपर्दछ र प्रकाण्ड विद्वानहरुको सङ्गतमा रही तर्कविर्तक गर्न सक्नुपर्दछ । ऊ त्यस्तै व्यक्तिकहाँ जानुपर्दछ, जसले ब्रह्मज्ञान प्राप्त गर्न सकेको छ । यी हुन् ज्ञानयोगका साधना विधिहरु । ध्यान योगका पनि एउटा अर्कै निर्दिष्ट साधना विधि हो । ध्यानमा बस्दा ध्याताले प्रश्न गर्नुपर्दछ, “म को हुँ ?” अहिले तपाईहरु आफै पनि विचार गर्नुहोस्ः के म यो शरीर हो ? होइन । म यो आँैला हो ? म यो औँला होइन । यो मेरो औँला हो ।
त्यसैगरी, तपाईहरु आफ्नो गोडाको चिन्तन गर्नुहोस् । तपाईहरुले बुझ्नुहुनेछ, “यो मेरो गोडा हो ।” तपाईहरुले आफ्नो शरीरका सबै अंगहरुको चिन्तन गर्नुभयो भने ती अंगहरुलाई “मेरा अंगहरु” भन्नुहुनेछ । यी सबै अंगहरु मेरै हुन् भनेर दाबी गर्ने “अंगी” वा “म” भन्ने वस्तुचाहिँ कहाँ छ ? सबै कुरा मेरो भनियो, तर “म” चाहिँ कहाँ छ ? जब व्यक्तिले “म” भन्ने वस्तुलाई खोज्न थाल्छ, त्यसरी खोज्नुलाई ध्यान भनिन्छ । त्यसरी, सबै इन्द्रियहरुलाई “म” भन्ने वस्तुको खोजीमा केन्द्रित गराउनु वास्तविक ध्यान हो । तर यो ध्यानपद्धति अत्यन्तै कठिन मार्ग हो । ध्यान गर्ने ध्याताले आफ्ना इन्द्रियहरुमाथि निग्रह गर्न सक्नुपर्दछ ।
इन्द्रियहरुले मानिसहरुलाई सधैँ विषयतिर धकेलिरहेका हुन्छन् । त्यस्ता विषयमुखी इन्द्रियहरुलाई ध्याताले अन्तर्मखी बनाउनु सक्नुपर्दछ । तसर्थ, अष्टाङ्ग योग प्रणालीमा मन तथा इन्द्रियहरुलाई संयम गर्ने आठ प्रकारका विधिहरु छन् । प्रथमतः यम–नियमहरु पालना गरी इन्द्रिय संयम गरिनन्छ । त्यसपछि आसनमा बस्दा झुकेर वा ढल्केर बस्नुहुँदैन । पिठ्युँ, छाती, चिउँडो आदि सिधा गरी बस्नुपर्दछ । विधिपूर्वक आसनमा बस्ने अभ्यास गरिएपछि ध्यान, धारणा, प्राणायाम र प्रत्याहार विधिको अभ्यास गर्दै समाधि अवस्थामा पुग्नुपर्दछ ।
तर, आजकाल यी अष्टाङ्ग योगका विधिहरु अनुसरण गर्नु एकदमै गाह्रो छ । सबै क्षेत्रका सबै खाले मानिसहरुले तिनलाई तत्कालै पालना गर्न सम्भव छैन । आजकाल अभ्यास गरिएका तथाकथित योग साधनाहरु आंशिक अभ्यास मात्र हुन् । केही आसनहरु र प्राणायाम विधिहरु अभ्यास गरिएका देखिन्छन् तर त्यति गरेर मात्र योगसिद्धि प्राप्त गर्न सकिन्न । अष्टाङ्ग योगपद्धति वेदविहित विधि भए तापनि हाल यस युगमा यसको अभ्यास गर्न गाह्रो छ । यसैगरी, ज्ञानयोगको मार्गमा अहिलेका मानिसहरुले तर्कवितर्क गरेर ज्ञान प्राप्त गर्न खोज्लान्, “यो ब्रह्म हो, त्यो ब्रह्म होइन । अनि खास ब्रह्म के हो ? आत्मा के हो ?” यसरी ज्ञानयोगको मार्गद्वारा ज्ञानको खोज गर्नु पनि शास्त्रविहित विधि हो, तर यही ज्ञान मार्ग
पनि यस कलियुगमा उपयुक्त छैन ।
हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम् ।
कलौ नास्त्येव नास्त्येव नास्त्येव गतिरन्यथा ।।
कलौ भनेको “यस कलियुगमा” भनिएको हो । नास्त्येव, नास्त्येव, नास्त्येव तीन पटक नास्त्येव भनियो । एव भनेको “अवश्यै” र नास्ति भनेको “छैन” भनिएको हो । “अवश्यै छैन, अवश्यै छैन, अवश्यै छनै ।” “अवश्यै छैन” भन्नुको अर्थ के हो ? कर्मद्वारा आत्मसाक्षात्कार गर्न सम्भव छैन । पहिलो “अवश्यै छैन” भनेको यही हो । ज्ञानद्वारा आत्मसाक्षात्कार गर्न सम्भव छैन ।
यो हो दोस्रो “अवश्यै छैन” योगद्वारा आत्मसाक्षात्कार गर्न सम्भव छैन । अनि यो हो तेस्रो “अवश्यै छैन”। कहिले यी कर्म, ज्ञान र योगद्वारा आत्मसाक्षात्कारगर्न सकिन्न ? भनिएको छ – कलौ “यस कलियुगमा” । कलौ नास्त्येव, नास्त्येव, नास्त्येव गतिरन्यथा । यस कलियुगमा यी तीनै मार्गहरुबाट योगासिद्धि प्राप्त गर्न सम्भव छैन । त्यसोभए, कलियुगको निर्दिष्ट विधि के हो ? हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम् । अहिलेको निर्दिष्ट विधि हो केवल हरे कृष्ण मन्त्रको जप तथा कीर्तन गर्नु । केवलम् भनेको“मात्र” हो ।
अर्थात अहिले कलिकालमा हरे कृष्ण मन्त्रको जप वा कीर्तन मात्र गर्नुहोस् । यहि नै अति सरल एवम् सर्वोत्कृष्ट विधि हो । यसलाई शास्त्रद्वारा निर्देश गरिएको छ । यो व्यावहारिक एवम् आधिकारिक छ । तपाईहरु हरे कृष्ण मन्त्रको जप तथा कीर्तन गरेर हेर्नुहोस् । तपाईहरु आफ्नो जीवनका सबै परिस्थितिहरुमा यस विधिलाई स्वीकार्नुहोस् । हरे कृष्ण जप तथा कीर्तन गर्दा खर्च हुन्न र घाटा पनि छैन । हामीले यहाँ गोप्य मन्त्र जप्ने कुरा गरिरहेका छैनौँ । यो एकदमै खुल्ला मन्त्र हो । ढुक्क भएर जप र कीर्तन गर्दै जानुहोस् । तपाईहरुले आफ्नो चित्त सफा भएको अनुभूति बटुल्नुहुनेछ ।
यस संसारमा कसैले पनि दुःख भोग्न चाहँदैन, तर यहाँ दुःख आइरहन्छ । वनजङ्गलमा कसैले आगो नझोसे पनि आफैँ डढेलो सल्केजस्तै यहाँ संसारमा दुःख आइरहन्छन् । मानिसले युद्ध चाहेका हुन्नन् तापनि युद्ध भइरहन्छ । अनिकाल कसैले चाहेको हुन्न तापनि त्यो आइरहन्छ । द्वन्द्व र हिंसा कसैले चाहेको हुन्न तापनि त्यो आउँदछ । विवाद विमति कसैले चाहेको हुन्न तापनि यो भइरहन्छ ।
यस्तो किन ? यी सबै जङ्गलको डढेलो जस्तै हुन् । यस्ता खाले डढेलोलाई दमकलको छर्राले निभाउन सक्दैन । हाम्रो तथाकथित विज्ञान र विकासको प्रगतिले समेत यी डढेलोसमान समस्याहरुलाई समाधान गर्न सक्दैन । जङ्गलमा लागेको भयानक डढेलोलाई दमकलको छर्रा वा दुई चार बाल्टी पानीले निभाउन नसकेजस्तै हाम्रो जीवनका यी विकराल समस्याहरुलाई भौतिक साधनले समाधान गर्न सक्दैन ।
उक्त भनाइलाई प्रस्ट्याउने धेरै उदाहरणहरु छन् । प्रह्लाद महाराज भन्नुहुन्छ, “हे प्रभु, हाम्रा आमाबुबाहरु छोराछोरीहरुका खास रक्षक होइनन् ।” आमाबुबाले छोराछोरीहरुलाई लालन पालनसम्म गरिदिन्छन् । त्यसो गर्नु उनीहरुको कर्तव्य हो । तर पनि, आमाबुबा छोराछोरीहरुका परमरक्षक चाहिँ होइनन् । आफूले माया गरेर हुर्काएका छाुराछोरीहरुमध्ये कनैलाई कालले बोलाइहाले आमाबुबाले तिनलाई रक्षा गर्न सक्दैनन् । मानव जीवन भगवानप्राप्तिका लागि दिइएको हो ।
सन् १०६९ मा श्रील प्रभुपाद लण्डनका “कन्वे हल” सभा भवनमा सम्बेधन गर्नुहुन्छः “म कसैको पनि सेवक होइन । म त भगवानको सेवक हुँ र भगवद्सेवा गर्नु नै मेरो एक मात्र काम हो भनेर जसले सोच्न सक्छ, ऊ तत्कालै जीवनमुक्त बन्दछ । उसको हृदय तत्कालै निर्मल बन्दछ । ऊ जीवनमुक्त बन्नेछ । त्यो जीवनमुक्त अवस्थामा पुगेपछि ‘यति मात्र भो, उतिभएन’ भन्ने जस्ता चिन्ता र आकाङ्क्षाले उसलाई कतिपनि सताउँदैन किनभने उसको सुदृढ सवश्वास बोकेको हुन्छ, “म भगवानको सेवक हुँ ।
भगवानले मलाई रक्षा गर्नुुहुनेछ । मैले किन चिन्ता गर्नुपर्यो ?”
आज म यहाँहरुसमक्ष बोल्न गइरहेछु ‘सम्बन्ध’ तत्वका विषयमा । अर्थात् भगवानसँग हाम्रो जस्तो सम्बन्ध छ, त्यसबारे म बोल्न गइरहेछु । जीव र परमात्माबीच परस्पर सम्बन्धको ज्ञान हुनु नै आत्म–साक्षात्कार हो । हामीद्वारा सञ्चालित सङ्कीर्तन अभियान आत्मसाक्षात्कार गर्ने एकदमै सजिलो विधि हो किनभने नामसङ्कीर्तनले व्यक्तिको हृदय स्वच्छ र निर्मल बनाइदिन्छ । हृदयरुपी ऐनालाई काम, क्रोध, लोभादि फोहोरले ढाकिदिएका हुँदा हामी आफ्नो स्वरुपको बोध गर्न सकिरहेका छैनौं ।
फोहोर धुलोले ढाकिएको ऐनामा आफ्नो अनुहार देखिँदैन, तर सफा ऐनामा आफ्नो अनुहार छर्लङ्गै देखिन्छ । त्उसैगरी, हृदयरुपी ऐनालाई सफा र स्वच्छ बनाउने साधना विधिलाई ‘ध्यान’ भनिन्छ । यस्तो ध्यान गर्नु भनेको चाहिँ परमात्मा ईश्वरसँगको आफ्नो सम्बन्ध बोध गर्नु हो ।
हामी जहाँ छौं र जोसँग सम्पर्कमा आएका छौं, त्यहाँ सम्बन्धको सवाल हुन्छ ।
म तपाईहरु समक्ष यहाँ यस आसनमा बसेको छु । यो आसनसँग मेरो सम्बन्ध रहेको छ । म यसमा बस्नेछु र यसले मलाई बस्न दिनेछ । तपाईहरुबीच पनि परस्पर सम्बन्ध अवश्य छ । तपाईहरु कोही बेलायती हुनुहुन्छ र कोही चाहिँ भारतीय । त्यसैगरी, जातीय, वर्गीय, पारिवारिक, सामुदायिक, वैयक्तिक आदि विविध सम्बन्धहरुको अनुभूति हामीले सधैँभरि गरिरहेका छौं ।
यहाँ यस संसारको प्रपञ्चभित्र हामीले यस्ता थुप्रै सम्बन्धहरुको अनुभूति गरिरहेका छौं भने परमात्मा वा भगवानसँग हाम्रो के सम्बन्ध छ ? तपाईले धेरै व्यक्तिहरुसँग यो प्रश्न सोध्नुभए पनि कमैले मात्र सही उत्तर दिनेछन् । अधिकांश मानिसहरुले ठाडै भन्नेछन्, “के को ईश्वर ? ईश्वर त पहिल्यै मरिसक्यो । ईश्वर नै छैन भने ईश्वरसँगको सम्बन्धको किन कुरा गर्ने ? मलाई ईश्वर छ भन्ने कुरामा विश्वास छैन ।” यसरी बोल्ने मानिसहरुको हृदयभित्र थुप्रै फोहोरहरु जमेका हुनाले उनीहरुले यथार्थलाई बुझ्न सक्दैनन् र देख्न सक्दैनन् ।
यहाँ हरेक व्यक्ति र वस्तुसँग हाम्रो सम्बन्ध छ भने स्रष्टा ईश्वरसँगको हाम्रो सम्बन्धलाई किन बुझ्न नखोज्नु ? यसबारे बुझ्नै नखोजी आँखा चिम्लेर चुपचाप बसिरहनु बुद्धिमत्ता हो ? पक्कै होइन । यो त केवल अज्ञानता र मुर्खता हो । यस संसारमा भौंतारिन आइपुगेका सबै प्राणीहरु प्रकृतिका तीन गुणहरुद्वारा विमोहित बनाएका छन् । यिनै गुणहरुद्वारा लठ्ठ्याएका हुँदा उनीहरुले ईश्वरलाई देख्न सक्ैनन्, ईश्वरलाई बुझ्न सक्दैनन् । उनीहरुले बेझ्न पनि चाहँदैनन् ।
यी देख्न नसक्ने, बुझ्न नसक्ने र बुझ्न नखोज्नेहरुको पहुँचभन्दा पर ईश्वर विराजमान रहनुभएको छ । उदाहरणका लागि यहाँ बेलायतमा बिहान एकदमै बाक्लो हुस्सु लाग्छ र हुस्सुभन्दा माथि अवस्थित सूर्यलाई तपाईहरु देख्नुहुन्न । हुस्सुका कारण सूर्य नदेखिए पछि सूर्य नै छैन भन्न मिल्छ र ? हुस्सुले तपाईको आँखा छोपिदिएपछि तपाईहरु सूर्यलाई देख्न सक्नुहुन्न । तर, तपाईहरु बेलायतभन्दा अन्य मुलुकमा फोन गरेर सोध्नुहोस् । उनीहरुले भन्नेछन्, “यहाँ त सूर्य देखिएको छ । जताततै उज्यालो छ हामीले सूर्यलाई देखिरहेका छौँ ।”
ठीक यसैगरी तपाई ईश्वरको सत्तालाई स्वीकार्नुहुन्न वा ईश्वरसँगको आफ्नो सम्बन्ध बोध गर्न सक्नुहुन्न भने तपाईमा ज्ञानको अभाव भइरहेको बुझ्नुपर्दछ । ईश्वर नै छैन भन्नु पटक्कै मिल्दैन किनभने ज्ञानको अभावमा हामीले उहाँलाई देख्न र बुझ्न सकिरहेको छैन । तपाईहरु विचार गर्नुहोस्, सूर्यलाई बादलले ढाकेको हुँदैन । बादलले सूर्यलाई ढक्नै सक्दैन ।
बादलसँग सूर्यलाई ढाक्न सक्ने क्षमता नै छैन । सूर्य कतिठूलो छ ? सूर्य त पृथ्वी भन्दा कैयौँ गुणा ठूलो छ । हाम्रोसामु बादलले सूर्यलाई ढाकिदिएको जस्तो लागे पनि कति ढाकिदिएको छ ? दश, बीस वा अधिकतम सय मिल ? यस अर्थमा बादलले सूर्यलाई ढाक्नै सक्दैन । बादलले बरु तपाईहरुको आँखा ढाकिदिन्छ । बाघले खरायोमाथि झम्टिन आउँदा त्यसले आफ्नो रक्षा गर्न सक्दैन । खरायोले आँखा चिम्लिएर ध्यान गर्छ, “मलाई झम्टन आउने बाघ फासफुस भयो ।” भगवानको महामायाले हाम्रो विवेकको आँखा छोपिदिएपछि हामी पनि त्यही खरायोले झैँ आँखा चिम्लिएर सोच्ने गर्छौँ, “भगवान् छैन । भगवान् त मरिसक्यो।”
भगवानका तीन प्रमुख शक्तिहरु छन् । विष्णु पुराणमा ती शक्तिहरुको वर्णन गरिएको छ भने वेद तथा उपनिषद्हरुमा पनि तिनको वर्णन गरिएको पाइन्छ । परास्य शक्तिर्विविधैव श्रूयते अर्थात् भगवानका विविध शक्तिहरु छन् । श्रुति भनिन्छ, “भगवानले कुनै कार्य गर्नुपर्दैन ।”
हामीले काम गर्नैपर्छ किनभने काम नगरेसम्म हामी बाँच्नै सक्दैनौँ । हामीलाई आहार, विहार आदि सबै कुराहरु चाहिन्छन् तर भगवानले केको लागि काम गर्नुपर्छ र ? उँहाले काम गर्नुपर्दैन ।
अनि, त्यस्तो काम नगर्ने भगवानले विश्व सृष्टि गर्यो कसरी भन्ने ? काम नगरी कसरी सृष्टि हुन्छ ? हँ, उनले हातै नचलाए पनि सृष्टिकार्य सम्पन्न हुन्छ । यत्रो विशाल सृष्टिकार्य कसरी सम्पन्न भयोे ? उत्तर हो – भगवानका विविध अचिन्त्य शक्तिहरुका माध्यामबाट ज्ञान, बल र क्रियासहित सृष्टिकार्य स्वतः सम्पन्न हुन्छ । हामीले फूलहरु फूलिरहेका देखेका छौँ ।
तिनमा आफ्नै भिन्नाभिन्नै रङ्गहरुको सौन्दर्य र सुगन्धसमेत प्रदर्शन हुने गर्छ । एकातिर अलिकति सेतो थोपा र अर्कातिर अलि बढी गाढा रातो आदि रङ्गहरु रङ्गिएका देखिन्छन् । पुतलीको अंगमा पनि यस्तै समानुपातिक रङ्गहरुको कला प्रस्तुत गरिएको हुन्छ । यस्तो कार्यकौशलता अत्यन्त स्वभाविक एवम् सहज ढंगमा प्रस्तुत गरिए पनि कसरी कार्य सम्पन्न भयो हामी देख्न सक्दैनौँ । कार्य सम्पादन कसरी भयो, हामी बुझ्न सक्दैनौँ, तर कार्य सम्पादन भइरहेको छ, भगवानकै अचिन्त्य शक्तिहरुको चमत्कारमा।
ज्ञानको अभावले गर्दा अल्पज्ञ मानिसहरु ईश्वर छैन, ईश्वर मरिसक्यो र ईश्वरसँग हाम्रो सम्बन्ध छैन भन्ने गर्छन । यस्ता नास्तिकवादी विचारधारा तिनै मानिसहरुको विचारधारासँग तुलना गर्न मिल्छ, जसलाई भूतप्रेतले सताएका छन् । भूतप्रेतादिद्वारा सताइएका मानिसहरुले मनपरी निरर्थक कुरा बोल्ने गरेजस्तै भगवानको माया शक्तिद्वारा विवेकहिन बनेका मुर्ख मानिसहरुले पनि ईश्वर मरिसक्यो भन्ने गर्छन् ।
तर, त्यो यथार्थ कुरा होइन । त्यसैले, हाम्रो चित्तमा जन्मेका फोहरहरु सफा गर्नका लागि दिनानुदिन भगवानमा सङ्कीर्तन गर्नु आवश्यक छ । तपाईहरु हरे कृष्ण मन्त्र कीर्तनको यो सजिलो विधि अनुसरण गर्नुहोस् । घरमा, परिवारका माझमा, क्लबमा, सडकमा वा जहाँ भए पनि हरे कृष्ण मन्त्र जप्नुहोस् र कीर्तन गर्नुहोस् । चित्तका मलिनताले ढाकिदिएको तपाईको स्वरुप स्वच्छ एवम् निर्मल बन्नेछ । तपाईहरुले आफ्नो स्वरुपको बोध गर्न सक्नुहुनेछ ।
श्रीचैतन्य महाप्रभुले उपदेश गर्नुभएको छ, चेतोदर्पणमार्जनम् । मार्जनम् भनेको सफा गर्नु हो । अनि दर्पणम् भनेको भनेको चाहिँ ऐना हो । हाम्रो हृदय पनि ऐनाजस्तै हो । यो पनि फोटो खिच्ने क्याराजस्तै छ । क्यामेराले दिनरातका सबै खाले दृश्यहरुको तस्बिर खिच्ने गर्छ भने हाम्रो हृदयले पनि जीवनभरिको तस्बिर खिचेर सुषुप्त अवस्थामा राख्ने गर्रछन । मनोवैज्ञानिकहरुले यो कुरा राम्ररी बुझेका हुन्छन् । हाम्रो हृदयले थुप्रै तस्बिरहरु खिचेर राखेका छन् र तस्बिरहरुले हाम्रो हृदय खचाखच भरिएको छ । हाम्रो हृदयले तस्बिर खिच्ने काम कहिलेदेखि सुरु गर्यो ? त्यो हामीलाई थाहा छैन ।
तर पनि, हामी एउटा कुरा निश्चितरुपमा भन्न सक्छौँ, जहिलेदेखि हामी यहाँ मायाको सम्पर्कमा आयौँ, त्यसबेला देखि नै हाम्रो स्वरुपको विस्मृति हुन थाल्यो । चेतोदर्पणमार्जनम्ः आफ्नो स्वरुपको बोध गर्नुछ भने चित्तमा जमेका फोहोरहरु सफा गर्नुपर्दछ । चित्त शुद्धिका लागि ज्ञान, ध्यान, याग, कर्म आदि अनेक प्रकारका योग विधिहरु छन् । कर्मयोगले समेत चित्तशुद्धि गर्न मद्दत पुर्याउँदछ । कसैले शुभकार्यहरु मात्र गर्दै गए उसको चित्त शुद्ध हुन्छ ।
चित्तशुद्धिका लागि यी सबै प्रकारका योगविधिहरु सबै शास्त्रमा बताइएका भए पनि यस कलियुगमा तिनको अनुसरण गर्न अति गाह्रो छ । उदाहरणर्थ, ज्ञानयोगको साधना गर्न मानिस विद्वान् हुनुपर्दछ, थुप्रै ग्रन्थहरु पढ्नुपर्दछ र प्रकाण्ड विद्वानहरुको सङ्गतमा रही तर्कविर्तक गर्न सक्नुपर्दछ । ऊ त्यस्तै व्यक्तिकहाँ जानुपर्दछ, जसले ब्रह्मज्ञान प्राप्त गर्न सकेको छ ।
यी हुन् ज्ञानयोगका साधना विधिहरु । ध्यान योगका पनि एउटा अर्कै निर्दिष्ट साधना विधि हो । ध्यानमा बस्दा ध्याताले प्रश्न गर्नुपर्दछ, “म को हुँ ?” अहिले तपाईहरु आफै पनि विचार गर्नुहोस्ः के म यो शरीर हो ? होइन । म यो आँैला हो ? म यो औँला होइन । यो मेरो औँला हो । त्यसैगरी, तपाईहरु आफ्नो गोडाको चिन्तन गर्नुहोस् । तपाईहरुले बुझ्नुहुनेछ, “यो मेरो गोडा हो ।” तपाईहरुले आफ्नो शरीरका सबै अंगहरुको चिन्तन गर्नुभयो भने ती अंगहरुलाई “मेरा अंगहरु” भन्नुहुनेछ । यी सबै अंगहरु मेरै हुन् भनेर दाबी गर्ने “अंगी” वा “म” भन्ने वस्तुचाहिँ कहाँ छ ? सबै कुरा मेरो भनियो, तर “म” चाहिँ कहाँ छ ? जब व्यक्तिले “म” भन्ने वस्तुलाई खोज्न थाल्छ, त्यसरी खोज्नुलाई ध्यान भनिन्छ । त्यसरी, सबै इन्द्रियहरुलाई “म” भन्ने वस्तुको खोजीमा केन्द्रित गराउनु वास्तविक ध्यान हो ।
तर यो ध्यानपद्धति अत्यन्तै कठिन मार्ग हो । ध्यान गर्ने ध्याताले आफ्ना इन्द्रियहरुमाथि निग्रह गर्न सक्नुपर्दछ । इन्द्रियहरुले मानिसहरुलाई सधैँ विषयतिर धकेलिरहेका हुन्छन् । त्यस्ता विषयमुखी इन्द्रियहरुलाई ध्याताले अन्तर्मखी बनाउनु सक्नुपर्दछ । तसर्थ, अष्टाङ्ग योग प्रणालीमा मन तथा इन्द्रियहरुलाई संयम गर्ने आठ प्रकारका विधिहरु छन् । प्रथमतः यम–नियमहरु पालना गरी इन्द्रिय संयम गरिनन्छ । त्यसपछि आसनमा बस्दा झुकेर वा ढल्केर बस्नुहुँदैन । पिठ्युँ, छाती, चिउँडो आदि सिधा गरी बस्नुपर्दछ ।
विधिपूर्वक आसनमा बस्ने अभ्यास गरिएपछि ध्यान, धारणा, प्राणायाम र प्रत्याहार विधिको अभ्यास गर्दै समाधि अवस्थामा पुग्नुपर्दछ । तर, आजकाल यी अष्टाङ्ग योगका विधिहरु अनुसरण गर्नु एकदमै गाह्रो छ । सबै क्षेत्रका सबै खाले मानिसहरुले तिनलाई तत्कालै पालना गर्न सम्भव छैन । आजकाल अभ्यास गरिएका तथाकथित योग साधनाहरु आंशिक अभ्यास मात्र हुन् । केही आसनहरु र प्राणायाम विधिहरु अभ्यास गरिएका देखिन्छन् तर त्यति गरेर मात्र योगसिद्धि प्राप्त गर्न सकिन्न ।
अष्टाङ्ग योगपद्धति वेदविहित विधि भए तापनि हाल यस युगमा यसको अभ्यास गर्न गाह्रो छ । यसैगरी, ज्ञानयोगको मार्गमा अहिलेका मानिसहरुले तर्कवितर्क गरेर ज्ञान प्राप्त गर्न खोज्लान्, “यो ब्रह्म हो, त्यो ब्रह्म होइन । अनि खास ब्रह्म के हो ? आत्मा के हो ?” यसरी ज्ञानयोगको मार्गद्वारा ज्ञानको खोज गर्नु पनि शास्त्रविहित विधि हो, तर यही ज्ञान मार्ग पनि यस कलियुगमा उपयुक्त छैन ।
हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम् ।
कलौ नास्त्येव नास्त्येव नास्त्येव गतिरन्यथा ।।
कलौ भनेको “यस कलियुगमा” भनिएको हो । नास्त्येव, नास्त्येव, नास्त्येव तीन पटक नास्त्येव भनियो । एव भनेको “अवश्यै” र नास्ति भनेको “छैन” भनिएको हो । “अवश्यै छैन, अवश्यै छैन, अवश्यै छनै ।” “अवश्यै छैन” भन्नुको अर्थ के हो ? कर्मद्वारा आत्मसाक्षात्कार गर्न सम्भव छैन । पहिलो “अवश्यै छैन” भनेको यही हो । ज्ञानद्वारा आत्मसाक्षात्कार गर्न सम्भव छैन ।
यो हो दोस्रो “अवश्यै छैन” योगद्वारा आत्मसाक्षात्कार गर्न सम्भव छैन । अनि यो हो तेस्रो “अवश्यै छैन”। कहिले यी कर्म, ज्ञान र योगद्वारा आत्मसाक्षात्कारगर्न सकिन्न ? भनिएको छ – कलौ “यस कलियुगमा” । कलौ नास्त्येव, नास्त्येव, नास्त्येव गतिरन्यथा । यस कलियुगमा यी तीनै मार्गहरुबाट योगासिद्धि प्राप्त गर्न सम्भव छैन । त्यसोभए, कलियुगको निर्दिष्ट विधि के हो ? हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम् । अहिलेको निर्दिष्ट विधि हो केवल हरे कृष्ण मन्त्रको जप तथा कीर्तन गर्नु । केवलम् भनेको“मात्र” हो । अर्थात अहिले कलिकालमा हरे कृष्ण मन्त्रको जप वा कीर्तन मात्र गर्नुहोस् । यहि नै अति सरल एवम् सर्वोत्कृष्ट विधि हो ।
यसलाई शास्त्रद्वारा निर्देश गरिएको छ । यो व्यावहारिक एवम् आधिकारिक छ । तपाईहरु हरे कृष्ण मन्त्रको जप तथा कीर्तन गरेर हेर्नुहोस् । तपाईहरु आफ्नो जीवनका सबै परिस्थितिहरुमा यस विधिलाई स्वीकार्नुहोस् । हरे कृष्ण जप तथा कीर्तन गर्दा खर्च हुन्न र घाटा पनि छैन । हामीले यहाँ गोप्य मन्त्र जप्ने कुरा गरिरहेका छैनौँ । यो एकदमै खुल्ला मन्त्र हो । ढुक्क भएर जप र कीर्तन गर्दै जानुहोस् । तपाईहरुले आफ्नो चित्त सफा भएको अनुभूति बटुल्नुहुनेछ ।
यस संसारमा कसैले पनि दुःख भोग्न चाहँदैन, तर यहाँ दुःख आइरहन्छ । वनजङ्गलमा कसैले आगो नझोसे पनि आफैँ डढेलो सल्केजस्तै यहाँ संसारमा दुःख आइरहन्छन् । मानिसले युद्ध चाहेका हुन्नन् तापनि युद्ध भइरहन्छ । अनिकाल कसैले चाहेको हुन्न तापनि त्यो आइरहन्छ । द्वन्द्व र हिंसा कसैले चाहेको हुन्न तापनि त्यो आउँदछ । विवाद विमति कसैले चाहेको हुन्न तापनि यो भइरहन्छ ।
यस्तो किन ? यी सबै जङ्गलको डढेलो जस्तै हुन् । यस्ता खाले डढेलोलाई दमकलको छर्राले निभाउन सक्दैन । हाम्रो तथाकथित विज्ञान र विकासको प्रगतिले समेत यी डढेलोसमान समस्याहरुलाई समाधान गर्न सक्दैन । जङ्गलमा लागेको भयानक डढेलोलाई दमकलको छर्रा वा दुई चार बाल्टी पानीले निभाउन नसकेजस्तै हाम्रो जीवनका यी विकराल समस्याहरुलाई भौतिक साधनले समाधान गर्न सक्दैन ।
उक्त भनाइलाई प्रस्ट्याउने धेरै उदाहरणहरु छन् । प्रह्लाद महाराज भन्नुहुन्छ, “हे प्रभु, हाम्रा आमाबुबाहरु छोराछोरीहरुका खास रक्षक होइनन् ।” आमाबुबाले छोराछोरीहरुलाई लालन पालनसम्म गरिदिन्छन् । त्यसो गर्नु उनीहरुको कर्तव्य हो । तर पनि, आमाबुबा छोराछोरीहरुका परमरक्षक चाहिँ होइनन् । आफूले माया गरेर हुर्काएका छाुराछोरीहरुमध्ये कनैलाई कालले बोलाइहाले आमाबुबाले तिनलाई रक्षा गर्न सक्दैनन् । (अात्मविज्ञन)