कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

| 2018 Oct 09 | 02:56 pm 2996

नयाँदिल्ली, असोज २३ : चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ। टीकाथलीस्थित निवासमा रुख काट्ने क्रममा बिजुलीको खम्बा ढलेर घाइते भएका उनको उपचारका लागि बि एण्ड बि अस्पताल लाने क्रममा मृत्यु भएको हो।

कलाकार संघका पूर्व अध्यक्ष नवल खड्काले उनको शव पोस्टमार्टमका लागि पाटन लगेको बताए। उनले भने ‘घरकै रुख काट्दा हाँगाले बिजुलीको पोलमा लागेको र त्यही पोल ढल्दा उहाँको मृत्यु भएको हो। हामी बि एण्ड बि पुग्दा पोस्टमार्टका लागि पाटन लगिसकेको रहेछ।’

बोगटीको जेठी श्रीमतीबाट दुई छोरा, एक छोरी र कान्छी श्रीमतीबाट एक छोरी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.