काठमाडौँ १२ असार / बुधबार मध्याह्नतिर चितवनको इच्छाकामना गाउँपालिका-६ जलवीरेमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । पहिरो खसेको कारण सडक अवरुद्ध भएको छ।
सडकको केही मिटर माथिबाट आएको पहिरोले यातायात पूर्ण रुपमा बन्द भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन रोकिएका छन्।
पहिरो पन्छाउने टोली खटिएको भए पनि पानी परिरहेकाले गर्दा समस्या भएको छ। तैपनि पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको छ ।