यस्तो छ तपाईंको फागुन १० गते बिहीबारको राशिफल

| 2024 Feb 22 | 08:36 am 1093

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० फागुन १० गते बिहीबार, ई.सं.२०२४ फेब्रुअरी २२, तिथि- माघ शुक्लपक्ष त्रयोदशी, १३ः५७ बजेपछि चतुर्दशी, तिष्य- नक्षत्र, सौभाग्य- योग, तैतिल- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः३८, सूर्यास्त- १७ः५८ ।

मेष : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पूरा हुन कठिन छ ।

वृष : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

कर्कट : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

सिंह : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

कन्या : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

तुला : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

वृश्चिक : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।

धनु : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मकर : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

कुम्भ : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.