म्यानचेस्टर सिटीलाई हराएर एस्टन भिल्ला तेस्रोमा

| 2023 Dec 07 | 08:03 am 1661

काठमाण्डौ, मंसिर २१ । एस्टन भिल्लाले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई बुधबार इंग्लिस प्रिमियर लिगमा १–० हराउँदै आफ्नो घरेलु मैदानमा उत्कृष्ट लय कायम राखेको छ । लिभरपुलले भने सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्षमा रहेको आर्सनलसँगको दूरी दुई अंकमा छोट्याएको छ ।

सिटीलाई हराएर भिल्ला तेस्रोमा

अन्य खेलमा स्टक म्याक टोमानीको दुई गोलको मदतले म्यानचेस्टर युनाइटेडलाई चेल्सीलाई २–१ ले हरायो । फुलहम भने नटिङघम फरेस्टमाथि ५–० को जित निकाल्न सफल रह्यो । भिल्ला पार्कमा लगातार १४ जित दर्ता गर्ने क्रममा लियाने बेलीले एक मात्र गोल गरे ।

यो जितपछि उनाइ एमरीको टिम तेस्रो स्थानमा उक्लेको छ । पेप ग्वार्डिओलाको सिटीले पछिल्लो समय लय गुमाएको छ र लिगका पछिल्ला चार खेलमा जितहीन छ । हारले सिटी र आर्सनलबीचको दूरी पनि ६ अंक भएको छ ।

लिभरपुलको जितमा भने भर्जिल भान डाइकले पहिलो गोल भने डोनिनिक सोबस्लाईले अर्को गोल थपे । यस्तै ब्राइटनले ब्रेन्टफोर्डलाई २–१ र बर्नमाउथले क्रिस्टल प्यालेसलाई २–० हरायो ।

( कान्तिपुरबाट )

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.