काठमाडाैं, कार्तिक १९ । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमनले नेपाललाई हराएको छ।
निर्धारित २० ओभरमा दुवै टिमले समान १८४ रन बनाउँदा खेल सुपर ओभरमा गएको थियो । ओमनले सुपर ओभरमा पहिले ब्याटिङ्ग गर्दै नेपालसामु २२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ्गमा आएको नेपालले जम्मा १० रन बनाउँदा हार व्यहोर्नु परेको थियो ।