काठमाडाैं, असोज १४ । नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बधाई दिएका छन्।
१९औँ एशियन खेलअन्तर्गत टी–२० क्रिकेटमा मंगोलिया विरुद्धको खेलमा ऐरीले ९ बलमा अर्धशतक पुरा गरी विश्व रेकर्ड राख्न सफल भएको भन्दै महानिरीक्षक कुँवरले बधाई दिएका हुन्।
प्रहरी महानिरीक्षक कुँवरले कप्तान ऐरीलाई विश्वकीर्तिमान राखेकोमा हार्दिक बधाई दिनुका साथै सम्पूर्ण नेपाली खेलाडीलाई सफलताको शुभकामना दिएका छन्।
