बारामा बस दुर्घटना, ७ जनाको मृत्यु

| 2023 Aug 24 | 08:30 am 2513

बारा, भदाै ७ ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २:३० बजे दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

दुर्घटनामा परेका व्यक्तिहरुको विवरण :

मृत्यू भएका 

१)   जि. महोत्तरी लोहार पटी बस्ने अ.बर्ष ४१ को बिजय लाल पण्डित

२.)  हाल नाम थर वतन नखुलेको अ.बर्ष ६५ की महिला

३.)  हाल नाम थर वतन नखुलेको अ.बर्ष ६५/७० को पुरुष ब्यक्ति

४.)  हाल नाम थर वतन नखुलेको अ.बर्ष ५५/६० की महिला

५.)  देश भारत राजस्थान बस्ने अ.बर्ष ६७ को बहादुर सिंह

६)   देश भारत राजस्थान बस्ने अ.बर्ष ६५ की मिरा देबी

७) हाल नाम थर वतन नखुलेको अ.५५/६० की महिला

घाईतेहरु:-

१) देश भारत राजस्थान बस्ने अ.४८ को घनश्याम चतुरबेदी ।

२)जिल्ला महोत्तरी जलेश्वर न.पा.बस्ने अ.बर्ष ३८ को बिहारी मुखीया ।

३)जिल्ला धनुषा मौवा गा.पा.१८ जनकपुर बस्ने अ.बर्ष ४१ को घुरन मण्डल ।

४)जिल्ला महोत्तरी लोहारपति न.पा.५ बस्ने  अ.बर्ष २६ को जसबेन्दर पासवान ।

५)देश भारत राजस्थान बस्ने अ.बर्ष ५३ की माया देबी ।

६)ऐ.ऐ.बस्ने अ.बर्ष ३५ को अनिल कुमार ।

७)ऐ.ऐ.बस्ने अ.बर्ष ५० को तारा वती चतुरबेदी ।

८)निजकै नातिनि अ.बर्ष ९ की क्रितिका चतुरबेदी ।

९)ऐ.ऐ.बस्ने अ.बर्ष ४८ को श्याम लाल माली ।

१०)ऐ.ऐ.बस्ने अ.बर्ष ४७ को हरवारी माली ।

११)ऐ.ऐ.बस्ने अ.बर्ष ७० की चौथी देबी ।

१२)ऐ.ऐ.बस्ने अ.बर्ष ७२ को सुरेस चन्द्र चक्रवती ।

१३)ऐ.ऐ.बस्ने अ.बर्ष ७३ को राम प्रसाद ।

१४)देश भारत राजस्थान बस्ने अ.बर्ष ६३ को धरम सिंह ।

१५)ऐ.ऐ.बस्ने अ.बर्ष ६० की ईन्दु धाकद ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.