वास्तविक हत्यारालाई सार्वजनिक गर्न नसकेको भन्दै प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

| 2018 Aug 21 | 03:36 pm 2000

काठमाडौँ, भदौ ५ : १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै  स्थानीय बासिले बजार बन्द गरेर प्रदर्शन गरेको छ । बजारमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय घेराउन गर्न खोजेपछि स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टले जानकारी दिए ।

उनले प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बल प्रयोग गरेको बताए । प्रदर्शनकारीको ढुंगा लागेर केही प्रहरी सामान्य घाइते भएको पनि उनले बताए ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो ।

तर बागफाँटाका बिष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीय बासिन्दा बिरोध प्रदर्शनमा उत्रेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.