रचना: राधा देवी पाण्डे
आउदै गरन कृष्ण आउदै गरन
वृन्दा को वनैमा आउदै गरन ।
पृथ्वीमा जन्मलीई यहि होकी सार
कृष्ण नाम नलिनीलाई कल्ले लाउछ पार ।
आउदै गरन………………….
१
कहिले बस्छौ यमुनामा कहिले गोकुलमा ।
कहिले बस्छौ वृन्दा वनमा दर्शन पाऊँन कृष्ण ।
आउदै गरन कृष्ण आउदै गरन
वृन्दा को वनैमा आउदै गरन ।
२
मधुवन र वृन्दा वनमा गाई चराऊँनीलाइ।
कहिले दर्शन पाउला भक्त उतै हराउनीलाई।
आउदै गरन कृष्ण आउदै गरन
वृन्दा को वनैमा आउदै गरन ।
३
राम अवतार देखी थिए दर्शन को भोको
त्यहि भएर कृष्ण अवतार गोपिहरुले धाको ।
आउदैगरन कृष्ण आउदैगरन
वृन्दा को वनैमा आउदैगरन ।
४
एतातिर सम्झी रहनी गोप गोपी ताती ।
आफै प्रभु हराउनी कदम डाली माथी ॥
आउदैगरन कृष्ण आउदैगरन
वृन्दा को वनैमा आउदैगरन ।
५
आफै प्रभु बलराम आफै संघर्षण ।
गोपिहरू त व्याकुल भएँ पाउन दर्शन ॥
आउदै गरन कृष्ण आउदै गरन
वृन्दा को वनैमा आउदै गरन ।