- महेश सिंह
सिरहा, चैत १९ः सिरहाको लहान नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राम औंतार शर्माले बिगत २५ बर्ष देखि थुपारीएर राखिएको पुरानो कवाडी समान बेचेको स्थानीयले आरोप लगाएका छन्।
अध्यक्ष शर्माले पुरानो नगरपालिका भित्र रहेको कवाडी समान सरकारी सम्पती गैरकानुनी रूपमा दुरुपयोग गरेको हो। सरकारी सम्पत्ती बेच्दा कुनै निर्णय र कानुनी प्रक्रिया नअपनिई आफ्नो ब्यक्तिगत सम्पती जस्तो सरकारी सम्पतीलाई गैरकानुनी रूपमा दुरुपयोग गरी करिब १५ लाख ५० हजार बराबरको पुरानो नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन भत्काई नयाँ भवन निर्माण हुने योजना रहेकोमा पुरानो भवनको झ्याल ढोका, ग्रील रेलिङ्ग लगायत बर्षौ देखि रहेको पुरानो मेशनरी पार्टस तथा कवाडी फलामका टुक्राहरु लहान ३ का संचालक मोहम्मद साबिर मियाँले संचालन गरेको नेशनल सप्लायर्समा करिब १५ लाख ५० हजार बराबरको कवाडी सम्मान बेचेको पुर्व वाडा अध्यक्ष राकेश रोशन गुप्ताले आरोप लगाएका छन्।
अध्यक्ष शर्माले लिलामी प्रक्रिया नअपनाई वडा अध्यक्षको पदिय गरिमा समेतलाई बेवास्ता गरी सरकारी सम्पत्तिलाई दुरुपयोग गरेका छन्।स्थानीय राकेश कुमार गुप्ताले अख्तियारमा सरकारी सम्पती गैरकानुनी रूपमा दुरुपयोग गरेको मुद्दा समेत दर्ता गराएका छन्। मिति २०७९ चैत १६ गते अख्तियारमा मुद्दा दर्ता गराए हुन। दर्ता नम्बर ३७४४ रहेको बताए। वडा अध्यक्ष शर्मालाई निलम्बन गरी कानुन् सम्बत् कार्बाही प्रक्रिया अगाडि बढाउन पत्रकार सम्मेलन गरी प्रेस बिज्ञप्ती सार्बजनिक गरेका छन्।

लहान नगरपालिकाको जिन्सी शाखाको समेत जानकारी नगराई कवाडी सम्मान बिक्री गरेको आरोप रहेको छन्। वडा अध्यक्ष शर्माका अनुसार दुई ट्रयाकटर कवाडी १ लाख ७० हजार बराबरको कवाडी बेचिएको बताए। बेचेको २ दिन पछाडी लहान नगरपालिकाको बैंक खातामा दाखिला गरेको बताए। आफूले लहान नगरपालिकालाई आम्दानी गराई दिएको अध्यक्ष शर्माले बताए। काम लाग्ने समान् आफूले नगरपालिका पठाएको अध्यक्षले बताए।