कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

| 2022 Nov 22 | 01:32 pm 1593

कैलाली, मंसिर ६ः प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले जितको खाता खोलेको छ। कैलाली क्षेत्र नं. ३ बाट सो पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्।

उनले हेभिवेट उम्मेदवार गठबन्धनका तर्फबाट संविधान सभा सदस्यकृष्णकुमार चौधरी र नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री गौरीशंकर थारुलाई पराजित गरेका छन्।

उनी निकटतम प्रतिद्वन्दीभन्दा ५ हजार ३७१ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनले २३ हजार १२० मत पाएका छन भने निकटतम प्रतिद्वन्दी गठबन्धनका चौधरीले १७ हजार ७४९ मत पाएका छन्। त्यस्तै एमाले उम्मेदवार थारुले ९ हजार ८७४ मत र राप्रपाका बिरेन्द्रबहादुर बमले ७ हजार ४७ मत पाएका छन्।

१ लाख ७ हजार ६५९ मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ४४० मत खसेको थियो। जसमध्ये ४ हजार २१ मत बदर भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.