ओमम्याक्स सिनेमा हलमा आगलागी

रिपोर्ट नेपाल | 2018 Aug 08 | 10:42 am 1883

मकवानपुर, साउन २३: बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो ।

बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ।

घटनास्थलमा पुगेको प्रहरीको टोलीले हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.