चिप्लेभिरबाट कर्णाली नदीमा जीप खस्यो

| 2018 Aug 07 | 03:44 pm 2955

टीकापुर, साउन २२ : कर्णाली नदीमा जीप खसेको छ। कैलालीको पहाडी क्षेत्र मोहन्याल गाउँपालिका ७ को चिप्लेभिरबाट जीप कर्णाली नदीमा खसेको हो।

चिप्लेभीरबाट से १ ज. ९२९ नम्बरको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ। चिसापानीबाट मोहन्याल जाँदै गरेको जीपका चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएका छन्।

जीप सडकबाट झण्डै चार सय मिटर तल कर्णाली नदीमा खसेको ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख नवराज शाहीले जानकारी दिए।जीपमा अन्य कोही यात्रु नरहेको शाहीको भनाइ छ। कर्णाली नदीमा खसेको जीप भने पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.