जीप दुर्घटना हुँदा डोटीमा आठ जना घाइते, दुईको अवस्था गम्भीर

रिपोर्ट नेपाल | 2022 May 27 | 03:33 pm 1649

डोटी, जेठ १३ः जीप दुर्घटना हुँदा डाेटीमा आठ जना घाइते भएका छन् । शुक्रबार विहान जिल्लाको सायल गाउँपालिका – १ तेलपारामा सु.प. प्र. ०१००१ ज १३३४ नम्बरको जीप दुर्घटना भएको हो ।

घाइते मध्ये  दुई  जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । गम्भीर घाइते दुई जनालाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.