केसीको अनसनलाई पूर्वराजासँग जोडीनु गलत भएको पाठकको स्पष्टोक्ती

रिपोर्ट नेपाल | 2018 Jul 30 | 02:53 pm 3208

काठमाडौं, साउन १४ : पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणिन्द्र पाठकले एक वक्तव्य जारी गर्दै केहि संचार माध्यमले गलत र कपोकल्पीत सूचना प्रवाह गरेको बताएका छन् ।

डा गोविन्द केसीको आमरण अनसनसँग जोडेर राजधानीबाट प्रकाशित एक दैनिक छापाले निकालेको समाचार प्रति गम्भीर ध्यान गएको बताउदै पाठकले समाचारमा उल्लेख गरिएको सबै समाचार असत्य, भ्रामक र कपोकल्पीत भएको भन्दै पत्रकारीता जस्तो मर्यादित पेशालाई भ्रामिक नबनाउन समेत आग्रह गरेका छन् ।

समाचारमा उल्लेख गरिएका प्रभाकर शमशेर राणा महिनौ देखि देश बाहिर रहेको उल्लेख गर्दै पाठकले राप्रपा लगाएतका दलसँग बैठक बसेको भन्ने कुरा असत्य भएको जनाएका छन् । राप्रपाको कुनै नेतासँग महिनौ देखि भेट नभएको उल्लेख गर्दै पाठकले उनीहरुलाई प्रयोग गरिएको भनेर प्रकाशित समाचारमा स्वत खण्डीत भएको छ ।

दलहरुको राष्ट्रिय धरातल कमजोर भएकोले मोनार्की आउछ कि भन्ने मनोदशाबाट ग्रसित भई नियोजित रुपमा समाचार सम्प्रेषण गरिएको पाठकको भनाइ रहेको छ । राजगद्धी त्यागेर नागरिक सरह भएका पुर्वराजा ज्ञानेन्द्र शाहले अहिले पनि समृद्ध नेपाल र सुखी नेपाली देख्न चाहेको पाठकको दावी रहेको छ ।

तराइ, पहाड, हिमाल अक्षुण्ण रहोस भनेर सधै देश र जनताको चिन्ता लिने पूर्वराजालाई लान्छना लगाएर आफ्ना गलत कृयाकलाप र असक्षमतालाई ढाकछोप गर्नका लागि निर्देशित समाचार प्रकाशित गरिएको पाठकको भनाइ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.