काठमाडौंको नयाँ बानेश्वरमा बृहत सडक साँस्कृतिक महोत्सव हुने

| 2021 Dec 11 | 08:03 pm 4413

काठमाडौं, मंसिर २५ः काठमाडौं महानगरपालिकाको २७औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले देशका ख्याती प्राप्त कलाकारहरुको उपस्तिथिमा मिति २०७८ मंसिर २७ गते साँझ ५ बजे बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रको पश्चिम तर्फको मुल सडकमा बृहत काठमाडौं सडक साँस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ ।

यस कार्यक्रमले कोभिड १९ का कारण लामो समयसम्म मनोरञ्जन लिन नपाएका काठमाडौं महानगरबासीहरुलाई निशुल्क रुपमा मनोरञ्जन दिन खोजिएको कुरा काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले बताउनुभयो ।

उक्त सांगीतिक कार्यक्रममा हाँस्य कलाकार जीतु नेपाल (मुन्द्रे) को हाँस्य प्रस्तुती, नविन के भट्टराईको अतृप्त सांगीतिक व्याण्डको प्रत्यक्ष प्रस्तुती लगायत चर्चित गायक गायिकाहरु प्रकाश सपुत, प्रीती आले, मिलन नेवार, सरिता कार्की, मदन गोपाल नेपाली, उदेश श्रेष्ठको गायन प्रस्तुती, दिपासा बि.सी.को नृत्य तथा चर्चित उद्घोषिका एवम् गायिका मञ्जु पौडेलको गायन तथा उद्घोषण रहने प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयाे ।

उक्त कार्यक्रमको आयोजना काठमाडौं महानगरपालिका सामाजिक विकास विभागले गर्ने विभागिय प्रमुख दिपक अधिकारीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.