गोरखा,साउन २ : आज बुधबार बिहान अन्दाजी छ बजे गएको पहिरोको कारण शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तिनजनाले ज्यान गुमाएका छन् ।
प्राप्त समाचार अनुसार बुधबार बिहानै गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षिय सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको ज्यान गएको गोरखा प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाले टेलिफोनबाट प्रहरीलाई दिएको जानकारी अनुसार बिहान एक्कसी पहिरो आई घरको पछाडिको भाग पुरेका कारण बन्चरोले कोठा फोडेर हेर्दा मान्छेको ज्यान गइसकेको रहेछ ।
पहिरोका कारणले उक्त स्थानमा उद्धारका लागि हिडेको नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन। वैकल्पीक बाटो प्रयोग गरि नेपाली सेना र प्रहरी घटना स्थल तर्फ लागेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले बताएका छन् ।