जवर्जस्ती करणी अपराध नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रम

रिपोर्ट नेपाल | 2018 Jul 12 | 07:54 pm 2287

पाल्पा, असार २८ : नेपालको संबिधान तथा संबिधान अन्तर्गत बनेका मुलुकी ऐन लगायतका प्रचलित कानूनमा व्यवस्था भएका बिषयहरु र परिवर्तित मुलुकी अपराध संहिता ऐनको सन्दर्भमा समेत भएका कतिपय महिला तथा पीडित सम्बद्ध हक तथा कानूनी अधिकारको बारेमा जानकारी दिइएकाे छ ।

जनमानसमा रहेको अज्ञानताको कारण जर्बजस्ती करणी लगायतका बिभिन्न खालका गम्भीर प्रकृतीका अपराधहरु घट्ने गरेको यथार्थतालाई ह्रदयंगम गरि आज मिति २०७५।०३।२८ गते ईलाका प्रहरी कार्यालय रामपुरले साे कार्यक्रम संचालन गरेकाे छ ।

पाल्पाले रामपुर नगरपालिका वार्ड नं ५ स्थित कृषि कार्यालयको हलमा सो स्थानमा बसोबास गर्ने विभिन्न समुदायका महिला तथा पुरुष गरि १०० जनाको संख्यामा रहेका सहभागिहरुलाई जवर्जस्ती करणी अपराध न्यूनीकरण सम्बन्धी एक प्रशिक्षण कार्यक्रमको आयोजना गरि प्रशिक्षित गरिएको छ ।

उक्त प्रशिक्षण कार्यक्रमको क्रममा जर्बजस्ती करणी अपराधको बारेमा प्रशिक्षण गर्नुका साथै के कारणबाट समाजमा यो घट्ने गर्दछ ? र यस अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न समाज तथा परिवार लगायत अन्य संस्थाहरु समेतले के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ आदि बिषयहरुमा प्रशिक्षित गरिएको थियो ।

सो कार्यक्रममा स्थानीय वडाका वडाध्यक्ष लगायतका निर्वाचित जनप्रतिनिधि, बिधालयका अध्यापक तथा अन्य बिशिष्ट व्यक्ति तथा पत्रकारहरु समेत सहभागिको रुपमा रहेका थिए ।

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले प्रमुख प्रशिक्षकको रुपमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए भने कार्यक्रमको आयोजना ईलाका प्रहरी कार्यालय रामपुरले नै गरेको थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.