विप्लप समूहले दलेकाे कालोमोसोकाे प्रतिकार गर्न नेकपाकाे आग्रह

रिपोर्ट नेपाल | 2018 Jul 01 | 06:42 pm 4274

बझाङ, १७ असार : विप्लवका कार्यकर्ताले जनप्रतिनिधिहरुलाई दुर्व्यवहारको गरेकाे विरोध कम्युनिस्ट पार्टी बझाङले गरेको छ । शुक्रबार मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतलाई कालोमोसो दलेर दुर्व्यवहारप्रति आपत्ति जनाउँदै आइतबार विज्ञप्ति जारी गरेर कार्यकर्ताहरुलाई प्रतिकारका लागि तयार रहन अपिल गरेको हो ।

दुर्व्यवहारप्रति आपत्ति जनाउँदै तत्कालीन एमाले बझाङका अध्यक्ष दिलबहादुर सिंह, जिल्ला समन्वय समिति संयोजक खड्गबहादुर खड्का, विभिन्न स्थानीय तहका प्रमुख, उप्रमुख र तत्कालीन एमालेका जिल्ला कमिटीका पदाधीकारीसहित १५ जनाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

कठायतलाई दुर्व्यवहार गर्ने कार्यमा संलग्न विनोद थापा, बाजिलाल शाही, राजेश थापा, सुरज भण्डारी, झरेन्द्र द्धाल, विकास थापा, सत्यराज द्धाल र चक्र कठायतलाई नियन्त्रण लिई कारबाही गर्न जिल्ला प्रशाशन कार्यालयसँग माग गरिएको छ । यस्ता क्रियाकलाप नदोहोऱ्याउन र दोहोरिएमा प्रतिकार गरिने भन्दै नेकपा विप्लव समर्थकहरुलाई विज्ञप्तिमार्फत् चेतावनी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.