बारा प्रहरीद्वारा प्रतिबन्धित कुखुरा, मदिरा तथा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 30 | 10:20 pm 1989

बारा, माघ १६: अवैध रुपमा विभिन्न किसिमका सामाग्री भन्सार छली गरी ल्याएको अवस्थामा प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी बसतपुर बाराबाट खटिएका प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नं २० बसतपुर स्थित भारतबाट नेपालमा ल्याउन प्रतिबन्धित अन्दाजी मुल्य ६ हजार बराबरको १२ वटा कुखुरा वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएर पशु क्वारेन्टाईन चेकपोष्ट मटिअर्वा तथा कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधी, भद्र भलादमी, पत्रकारहरु समेतको रोहवरमा उक्त कुखुरा खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएका प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नं १० स्थित सडकमा अवैध मदिरासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालबाट भारत तर्फ गईरहेका कलैया उपमहानगरपालिका वडा नं ७का २८ वर्षीय धिरज सिंह र २८ वर्षीय बिकेन्द्र सुबेदी रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिई तलासी लिदा उनीहरुले साथमा लिई राखेको झोला भित्र अवैध घरेलु मदिरा २५ लिटर फेला पारी
बरामद गरी दुबैलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

बरामद मदिरा सहित उनीहरुलाई आवश्यक कार्वाहीको लागि अन्तशुल्क राजश्व कार्यालय, सिमरा बारामा पठाईएको बताइएको छ ।

कुटपिट मुद्दाका फरार अभियुक्त पक्राउ

फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको २०७२ असार २ गतेको फैसला आदेशले कुटपिट मुद्दामा जरिवाना ठहर भई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवताल गाउँपालिका वडा नं ५ का ४७ वर्षीय भोज मिया अंसारी रहेका छन् । उनलाई बिहीबार प्रहरी चौकी दक्षिण झिटकैया बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.