इटहरीका मेयर चौधरीद्वारा बाह्र जना कर्मचारीलाई जागिरबाट निष्काशन

रिपोर्ट नेपाल | 2020 Jan 27 | 05:15 pm 2130

सुनसरी, माघ १३: केही महिना अगाडि संचारकर्मीलाई लोपारेका कारण चर्चा आएका इटहरीका मेयर द्धारिकलाल चौधरीले सोमबार एकै दिन इटहरी उपमहानगरपालिकामा कार्यरत बाह्र जना कर्मचारीलाई जागिरबाट निष्काशन गरेका छन् ।

रिपोर्ट नेपालाई प्राप्त समाचार अनुसार हटाइएका कर्मचारी सबै करारमा नियुक्ति भएका थिए । करार सम्झौता सकिएको समयमा नविकरण नगरी मेयरको एकल निणर्यले कर्मचारीलाई जागिरबाट हटाएका हुन् ।

हटाइएका कर्मचारी मध्ये अमिन सहायक चौथोमा कार्यरत दयाराम गौतम, कम्प्युटर सम्बन्धी काममा कार्यरत कर्मचारी लव प्रसाद दाहाल, कम्प्युटर प्राविधिक सहायकस्तर तेस्रो मनिषा श्रेष्ठ लगायत नौँ जना स्वास्थ्य क्षेत्रका रहेका छन् ।

यस बिषयमा मेयर चौधरी सगँ बुझ्दा संघीय सरकारले स्थायी कर्मचारी पठाइ सकेको र स्थानीय तहमा करारमा कर्मचारी राख्दा आर्थिक भार पर्ने भएकाले यस्ता निणर्य गरेको प्रतिक्रिया दिएको बुझिएको छ ।

कर्मचारीलाई हटाएर मेयर चौधरी आज काठमाडौं प्रस्थान गरेका छन् ।

(नामावली)

mayor pradeshportal

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.