काठमाडौं, ११ असार : नाइजेरियामा किसान र गोठालाबीच भएको झडपमा कम्तीमा ८६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य क्षेत्रमा भड्किएको हिंसामा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।
किसान र गाईवस्तु चराउने गोठाला समुदायबीच बिहीबारदेखि प्लाटेउ राज्यमा हिंसा भड्किरहेको छ । शनिबार हिंसाले चरम रुप लिएपछि सरकारले राज्यका तीन क्षेत्रमा कर्फ्यू लगाएको छ । राज्य प्रहरी कमिशनर उन्डी एडीका अनुसार उक्त घटनामा ६ जना घाइते भएका छन् भने ५० घर जलेर नष्ट भएका छन् । सरकारले साँझ ६ बजेदेखि बिहान रियोम, बारिकिन र जोस दक्षिणी क्षेत्रमा कर्फ्यू लगाएको हो । एजेन्सी