म्याराडोना र रोनाल्डोकै हाराहारी खेल्ने लुकाकुकाे फुटबल यात्रा र कीर्तिमान यस्ता छन्

| 2018 Jun 24 | 06:43 pm 3715

एजेन्सी । रूसमा जारी विश्वकप फूटबलमा रामेलु लुकाकु पनि चम्किएका छन् । उनले चर्चित फुटबल स्टार राेनाल्डाेसँग जारी विश्वकपमा बराबरी गाेल बनाएर सनसनी मच्चाएका छन् ।

शनिबार राति सम्पन्न समूह जी काे  खेलमा लुकाकुकै दोहोरो गोलकाे मद्दतमा बेल्जियमले ट्युनिसियामाथि ५-२ को शानदार जित दर्ता गर्याे । उनीसँगै इडन हाजार्डले पनि दुर्इ गोल गरेका थिए भने मिकि बात्सुयीले बेल्जियमका लागि थप एक गोल गरे। ट्युनिसिाका डेलन ब्रोन र वाहबी खाज्रीले १-१ गोल फर्काएका थिए।

Image result for lukaku goal

जारी विश्वकपमा पाेर्चुगलका स्टार खेलाडी रोनाल्डोले स्पेनसँगकाे खेलमा ह्याट्रिक र मोरोक्कोसँगकाे खेलमा एक गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाए । लुकाकुले यसअघि पानामाविरुद्ध पनि दुर्इ गोल गरेका थिए भने शनिबारकाे दुर्इ गाेलसँगै उनले पनि राेनाल्डाेजत्ति नै ४ गाेल बनाएका छन् ।

यसअघि अर्जेन्टिनाका स्टार खेलाडी म्याराडोनाले १९८६ काे विश्वकपमा इंग्ल्याण्ड र बेल्जियमबीचकाे खेलमा लगातार दोहोरो गोल गरेका थिए। त्यसयता कसैले लगातार दुर्इ खेलमा दुर्इ गोल गर्न सकेको थिएन्। तर लुकाकुले शनिबारकाे खेलसँगै उक्त म्याराडाेनासँग बराबरी रेकर्ड बनाएका छन् ।

लुकाकुकाे अर्काे पनि कीर्तिमान बनेकाे छ । विश्वकप तथा युरोपियन च्याम्पियन्ससिप जस्ता ठूला प्रतियोगितामा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडीकाे रूपमा उनी दर्ज भएका छन् । उनले बेल्जियमसँगका अन्तिम ११ खेलमा १७ गोल गरेका छन्।

उनकाे अर्काे रेकर्ड २३ वर्षको उमेर अघि प्रमियर लिगमा ५० भन्दा बढी गोल गर्ने पाँचवटा खेलाडीमध्ये बनेका छन् । प्रिमियर लिगमा १०० गोल गर्ने उनी पाँचौं युवा खेलाडी बनेका छन् ।

काे हुन् लुकाकू ?

इंङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि खेल्ने लुकाकुले बेल्जियमको स्थानीय क्लब रुपेल बुमबाट फुटबल करिअर सुरु गरे । पछि उनले बेल्जियमकै अन्य क्लब लिर्से र एन्डरलेच्टबाट पनि खेले।

१६ वर्षकै स्कुले जीवनमा राष्ट्रिय टोलीमा डेब्यू गरेका लुकाकू २०१० को क्रोयसियाविरुद्धको मैत्रीपूर्ण खेलमा सिनियर टोलीमा परेका थिए । २०१० यता राष्ट्रिय टोलीबाट लगातार खेलिरहेका लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन्। हालसम्म करिब ७१ खेल खेल्दै उनले बेल्जियमका लागि ४१ गोल गरेकाे रेकर्ड छ।

म्यानचेस्टर युनार्इटेडले उनलार्इ २०१७ मा भित्र्यायाे । क्लबकै महँगो खेलाडीका रुपमा उनलार्इ युनाइटेडले ९० मिलियन पाउण्डमा अनुबन्ध गर्याे, जसका लागि उनले हालसम्म ३४ खेल खेल्दै १६ गोल गरिसकेका छन् ।

त्यसअघि २०११ मा लुकाकुलार्इ चेल्सीले किन्दै प्रिमियर लिगमा भित्र्याएको थियो । तर, चेल्सीले उनलार्इ कहिले बेष्ट ब्रुम र कहिले इभर्टनलार्इ ऋणमा बेच्दै दुर्इ वर्ष कटायाे । ऋणमै रहेपनि निरन्तरको मेहनतसँगै उनले गतिलो छाप छाडेपछि उनलार्इ इभर्टनले २०१४ मा क्लबकै सर्बाधिक महँगो खेलाडीका रुपमा भित्र्यायाे । त्यतिबेला उनकाे मूल्य २८ मिलियन पाउण्डमा पुगेकाे थियो । त्यहाँ उनले ३ वर्षजति बिताए, जसमा १ सय १० खेल खेल्दै ५३ गोल गरेकाे रेकर्ड रहेकाे बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.