विश्वकपमा आइरिस खेलाडीलार्इ सेक्स गर्न छुट

रिपोर्ट नेपाल | 2018 Jun 23 | 07:35 am 3461

काजन/असार ९ :  सन् २०१० को विश्वकप फुटबल प्रतियोगितामा इंग्लिस टोलीका प्रशिक्षक कापेलाले प्रदर्शनमा ह्रास आउन सक्ने जनाउँदै खेलाडीलाई सेक्स गर्न प्रतिबन्ध लगाएका थिए ।

अझ दक्षिण अफ्रिका भ्रमणका क्रममा खेलाडी आफूसाथ श्रीमती वा प्रेमिका ल्याउन नपाउनेसमेत घोषणा कापेलोले गरेका थिए । उनको योजना खासै सफल भएन । इंग्ल्याण्ड विश्वकपबाटै बाहिरीयो ।

यो एउटा उदाहरण मात्रै हो । विश्वकप आउँदा खेलाडी र प्रशिक्षकबीच एउटा समस्या हुने गर्छ । श्रीमती वा प्रेमिकासंग संगै बस्न पाउनेकी नपाउने ? उदार हृदयका प्रशिक्षकले खेलाडीलाई सबै कुरामा छुट दिन्छन् ।

जो कापेलोजस्ता काठोर मनका हुन्छन्, उनीहरुको केही पनि गर्न दिदैनन् । अहिले रसियामा अप्रत्याशित नतिजाका साथ विश्वकपको दोस्रो चरण खेल सुरु भइसकेको छ ।

सहभागी राष्ट्रका खेलाडी आ आफ्नो टिमलाई जिताउन लागि पररेका छन् । उनीहको पारिवारीक जीवनमा असर परेको छ । तर, आएरल्याण्डका प्रशिक्षक हेमिर हाल्ग्रम्सनले खेलाडीलाई फिट र मानसिक मरुपमा बलियो पार्न नयाँ योजना बनाएका छन् ।

खेलाडीलाई श्रीमती वा प्रेमिकासंग यौनसम्पर्क राख्न प्रशिक्षक हेमिरले छुट दिएका छन् । विश्वकप खेल्न खेलाडीले यौनसम्पर्क राख्न सक्छन भन्ने अभिव्यक्ति दिने हेमिर पहिलो प्रशिक्षक हुन् ।

खेलाडीको निजि जीवनमा हस्तक्षेप गर्न नहुने उनी बताउँछन् । एक प्रशिक्षकले खेलाडीको दैनिक जीवनमा हस्तक्षेप गर्न मिल्दैन, यो उनीहरुको हक हो । उनले भने , तर काम गर्नु छ भने केवल श्रीमती वा प्रेमिकासंग मात्र हो, अन्यसंग सम्बन्ध राख्नलाई प्रतिबन्ध नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.