विश्वकप : थप समयमा २ गोल गर्दै ब्राजिल विजयी

| 2018 Jun 22 | 07:53 pm 3501

काठमाडौं, ८ असार : रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा  अाज भएकाे पहिलाे र समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध ब्राजिलले  कठिन  जित निकालेको छ  ।

खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेट अथार्त ९१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेट अथार्त ९७ औँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई २-० को जित पक्का गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.