सडकमा चिनियाँ राष्ट्रपतिको विदाइ (फोटोफिचर )

रिपोर्ट नेपाल | 2019 Oct 13 | 03:20 pm 958

काठमाडौं, २६ असोज : नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् । सी स्वदेश फर्किँदा उनलाई ठाउँठाउँमा झाँकीसहितको टोलीले विदाइ गरेको थियो । माइतीघरदेखि नयाँ वानेश्वरसम्मको क्षेत्रमा निजामती कर्मचारीले सडक पेटीमा बसेर विदाइ गरेका थिए ।

   

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.