५ लाख घुससहित कार्यालयबाटै ओभरसियर पक्राउ

| 2019 Oct 02 | 07:28 pm 1190

काठमाडौं, असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुससहित एक ओभरसियरलाई पक्राउ गरेको छ ।

लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई पाँच लाख घुससहित मंगलबार पक्राउ गरिएको हो ।

ओभरसियर चौधरीले टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनको लागि टोखा नगरपालिकाका कर्मचारी समेतलाई मिलाउनका लागि भनि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले पाँच लाख घुससहित नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार ओभरसियर चौधरीलाई सेवाग्राहीसँग पाँच लाख घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यालय परिसरबाट मंगलबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.