मालपोत कार्यालयका दु्ई कर्मचारी घुससहित पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 05 | 04:00 pm 2108

कैलाली, साउन २० : मालपोत कार्यालय टीकापुरका दुई कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । मालपोत कार्यालय टीकापुरका नायब सुब्बा सिंहबहादुर कुवँर र खरिदार नरराज पाण्डे आठ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनीहरुलाई लम्की चुहा नगरपालिका वडा नम्बर ३ व्यवस्थीत नगरबाट आइतबार साँझ पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा उनीहरुलाई अख्तियारका अर्जुन सिंह साउँदको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोज कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले बताए । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको नियन्त्रणमा राखिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.