चितुवाको छालासहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 30 | 04:50 pm 1996

धनगढी, साउन १४ : कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको बड्डीकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिकाका रामबहादुर विष्ट रहेका छन् । चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले छालासहित सोमबार उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

छाला बिक्री गर्नका लागि गोदावरी नगरपालिकाको अत्तरियामा राखिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.