विष्फोटक पदार्थ प्रयाेग गरी माछा मार्ने नाै युवक पक्राउ

| 2019 Jul 29 | 07:13 am 2237

स्याङ्जा, साउन १३:  जिल्लाकाे चापाकोट– ५  गिलाङस्थित ज्याग्दीखोलामा माछा मार्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु चापाकोट नगरपालिका– ३ का राजेन्द्र हमाल, प्रदीप थापा, दीपेन्द्र थापा, सागर हमाल, खिमबहादुर मल्ल, सुनिल कुँवर, खेम थापा, प्रवेश हमाल र हेमलाल थापा रहेका छन् ।

शनिबार साँझको समयमा सलाइको काँटीमा प्रयोग हुने बारुदजस्तो देखिने प्लाष्टिकको डोरीले बेरेको माछा मार्न प्रयोग हुने विष्फोटक पदार्थ एक थानसहित नौ जनालाई नियन्त्रणमा लिईएको स्याङ्जाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

पक्राउ परेका नौ जनालाई नै नियन्त्रणमा लिई आइतबार स्याङ्जा जिल्ला अदालतबाट ‘विष्फोटक पदार्थ सम्बन्धी कसूर’ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.