संखुवासभा, असार ९: घरछेउबाट देखिने चारैतिरका डाँडा चिराचिरा परेका छन् । ती हेर्यो कि डर लाग्छ । ६ दिन यता रातभर पानी परिरहेको र जमिनमा गएकाे पहिराेकाे कारण मकालु गाउँपालिका ५ का २८ घर परिवार गाउँमै थुनिएका छन् । कतिखेर कहाँबाट पहिरो जाला भन्ने उनीहरूमा त्रास फैलिएकाे छ ।
ठाउँठाउँमा जमिन फाटेको छ । उनीहरु ६ दिनदेखि राम्ररी निदाउन पाएका छैनन् । भीषण वर्षाले सबै भूभाग क्षतिग्रस्त भएको पेपुवाका विस्थापित मकरध्वज राईले बताए ।
पहिराे प्रभावित क्षेत्रका बासिन्दा अहिले एक गाउँबाट अर्काे गाउँमा जान सक्ने अवस्था छैन । पेपुवाबाट मकालु गाउँपालिकाकाे कार्यालयमा आइपुग्न किरब ७ घण्टा लाग्ने राईले जनाए ।
फाेन पनि दिउँसाे घाम लागेकाे बेला मात्र चल्छ हामी उद्धारकाे पर्खाइमा छाैं । नजिकैकाे खुला आकशमा रात काटि रहेका छाैं मकरध्वज राईले फाेन मार्फत बताएका हुन् ।
बिस्थापितका सबै भन्दा नजिकका बजार नुम र हेदान्ना हुन् । अहिले त्याे बजाुसम्म पुग्ने बाटाे पनि पहिराेले भत्काएकाेले गाउँमै थुनिएर बस्नुपरेकाे राईले जानकारी दिए ।
उनीहरूसँग भएकाे अन्नपात सकिएपछि के खाने भन्ने चिन्ताले उनीहरूलाई पिराेल्न थालेकाे छ । खानेपानीकाे मुहान पहिराेले बगाएपछि उनीहरू आकाशकाे पानी थापेर खाने गरेकाे पनि राईले बताए ।
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाले पहिराे पीडितलाई उद्धारकाे लागि तयारी सुरू गरी सकिएकाे बताएका छन् । बिस्थापित परिवारलाई उद्धार गरी नुम र हेदान्ना ल्याउँने तयारी गरिएकाे दुलाले जानकारी दिएका छन् ।
खाँदबारीबाट सेनाकाे हेलिकाेप्टर मार्फत राहत लैजान तयारी भएकाे दुलालकाे भनाई छ । माैसम खराब भएकाले आइताबर सेनाकाे हेलिकाेप्टरबाट राहत वितरण हुन नसकेकाे डिएसपी मिमबहादुर लामाले जानकारी दिएका छन् । उक्त स्थान उच्च भेगमा रहेकाले माैसम सुधार नहुँदा हेलिकाेप्टर लैजान नसकिएकाे बताएका हुन् ।