पाँचथर, असार ४: गत जेठ ७ गते २ परिवारका नाै जनाकाे विभत्स हत्या भएकाे घटना सेलाउन नपाउँदै फेरि एक २० वर्षीया युवतीकाे घाँटि रेटि हत्या भएकाे छ । इलाम घर भएकी सुजाता तामाङको हत्या गरिएकाे अवस्थामा मंगलबार साँझ ६ वजे जंगलको गोरेटो बाटोमा शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले बताए । मृतक युवती जिल्लाको हिलिहाङ गाँउपालिका–३ मा एनएमबी माइक्रोफाइनान्स गोपेटार शाखामा कार्यरत थिइन् ।
घटना स्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलि पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।