धनगढी, वैशाख २८: अत्तरिया सडक खण्डस्थित धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
भारतीय युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२१७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ।