क्रिस्चियन र कम्युनिस्टबीचको समानता

रिपोर्ट नेपाल | 2019 May 08 | 12:45 pm 2932

  • देवप्रकाश त्रिपाठी

कम्युनिस्टहरू धर्म मान्दैनन्, गुरु मार्क्सले धर्मलाई अफिम भनिदिएकोले कम्युनिस्टहरू धर्म मान्ने र अफिम खाने कुरालाई सिद्धान्ततः बराबरीमा बुझ्ने गर्दछन् । मार्क्स पूर्वीय धर्म र दर्शनका ज्ञाता थिएनन्, उनले अवलम्बन गरेको विचार–दर्शन जीवन र जगत्को सृष्टि रहस्यको उत्खनन गर्नेतिर नभई केवल ‘पेट भर्ने ध्येयमा केन्द्रित’ छ ।

संसार एक समय देश, जाति र धर्मका आधारमा मात्र विभाजित थियो, मार्क्सले विभाजनको अर्को रेखा पनि कोरिदिए । धनी हुनु भनेकै शोषक अर्थात् अपराधी हुनु हो भन्ने मान्यता यिनले स्थापित गरे र, मानिसलाई अर्काको सम्पत्ति लुटेर खान पाइने वैचारिक धरातल खडा गरिदिए । मार्क्सले सनातनी वैदिक या बौद्ध धर्मको दार्शनिक आधारबारे राम्रोसँग अध्ययन गरेको उनका अभिव्यक्तिहरूले पुष्टि गरेको छैन । उनी यहुदी थिए र इसाई धर्मका मूल्य–मान्यता तथा राजकाजमा इसाईधर्मी प्रभावबाट हैरान थिए । त्यसपछि निष्कर्ष निकालिदिए– धर्म अफिम हो ।

वास्तवमा मार्क्सले जुन धर्मलाई लक्षित गरेर अफिम भनेका थिए त्यो अफिम, गाँजा, चरेस या सुर्ती के हो त्यसबारे अध्ययन गर्न सकिएला, तर उनले पूर्वीय धर्म र दर्शनको विस्तृत अध्ययन गरेका भए सनातन धर्मबाहेकका बारेमा मात्र उनको धारणा आउन सक्थ्यो, मार्क्सले चार्बाक पढेका भए भौतिकवादको विषयमा अझ स्पष्ट हुन सक्थे । वेद, वेदान्त, वैशेषिक, साङ्ख्य, मिमांसा, गीता र बौद्धजस्ता दर्शनको अध्ययन मार्क्सबाट भइदिएको भए उनको ‘पर्सेप्सन’ बदलिन पनि सक्थ्यो । द्वन्द्वात्मक भौतिकवादलाई अनुशरण गर्दै मार्क्सले साम्यवादको परिकल्पना गरे ।

देशहरूको विघटन नभई संसार राज्यविहीन नहुने र राज्यविहीनताको स्थिति नभएसम्म साम्यवाद स्थापना सम्भव नहुने स्पष्ट छ । त्यसैले कम्युनिस्टहरू साम्यवाद ९राज्य विघटन० को गन्तव्य देखाउँदै राज्यसत्ताको स्थायी मालिक बनिरहने ठाउँसम्म आएर अड्किएका छन् ।

कम्युनिस्टहरूले जतिपटक दोहोऱ्याएर भने पनि वास्तवमा भौतिकवादी मार्गबाट साम्यवाद सम्भव हुने पुष्टि गर्न सकिन्न । कुनै पुरोहितले स्वर्गको सपना देखाउनु र मार्क्सले साम्यवादको परिकल्पना गर्नुका बीचमा सोचको आधारभूत अन्तर देखिँदैन, धर्ममा विश्वास गर्नेहरूले स्वर्गको परिकल्पना गरेजस्तै द्वन्द्वात्मक भौतिकवादीहरूले साम्यवादको कल्पना गरेका हुन् ।

यो अलग कुरा हो कि अध्यात्मवादीहरू लौकिक जीवनमा पनि आत्मचिन्तन र साधनाद्वारा आनन्दको प्राप्ति गर्न समर्थ हुन्छन् । यही जीवनमा साम्यवादी सुखको सपना देख्नेहरूचाहिँ जीवनभर सङ्घर्ष, छटपटी, तनाव र दुःखबाट गुज्रन्छन्, न यो जीवनमा आनन्द, न साम्यवाद प्राप्ति १ देशहरूको विघटन नभई संसार राज्यविहीन नहुने र राज्यविहीनताको स्थिति नभएसम्म साम्यवाद स्थापना सम्भव नहुने स्पष्ट छ । त्यसैले कम्युनिस्टहरू साम्यवाद ९राज्य विघटन० को गन्तव्य देखाउँदै राज्यसत्ताको स्थायी मालिक बनिरहने ठाउँसम्म आएर अड्किएका छन् ।

सच्चा साम्यवादी ९कम्युनिस्ट० को विचारमा देश या राज्यका पक्षधरहरू दक्षिणपन्थी र परम्परावादी हुन् । तर, रोचक कुरा के हो भने सैद्धान्तिक, वैचारिक र दार्शनिक दृष्टिले नै राष्ट्र ९राज्य० विहीनताको पक्षमा रहेकाहरू नै सबैभन्दा बढी देशभक्त र राष्ट्रवादी आफैँ भएको दाबी गर्छन् । राज्य सत्ताविहीन संसार खोज्नेहरू सत्ताका निम्ति जेसुकै गर्न तयार भइदिन्छन्, गज्जबको विरोधाभाषपूर्ण चरित्र देखिन्छ कम्युनिस्टहरूमा ।

तर, धर्मलाई अफिम ठान्ने कम्युनिस्ट र क्रिस्चियन अभ्यासका बीच जति अन्तर देखिन्छ, केही रोचक सम्बन्ध र समानताहरू पनि यी दुई पक्षबीच भेटिन्छन् । खासगरी कम्युनिस्टहरूले अधिक प्रयोग गर्ने वामपन्थी र दक्षिणपन्थी शब्दको स्रोत इसाई धर्मको मान्यता र परम्परासँग सम्बन्धित छ । क्रिस्चियनहरू आत्मा र शरीरलाई छुट्याएर हेर्दैनन्, आत्मा नै शरीर हो र शरीर नै आत्मा हो भन्ने प्राचीन मान्यताका कारण उनीहरू मृत देहलाई नष्ट गर्न चाहँदैनन्, चिहानमा राख्ने गर्छन् । ‘वर्षमा एक दिन रातको समयमा परमेश्वर चिहानमा आउनुहुन्छ, सबै ‘मृतात्मा’लाई उठाउनुहुन्छ र आफ्नो दायाँ र बायाँतिर लामबद्ध गराउनुहुन्छ । त्यसरी लामबद्ध गराइँदा पापीहरूलाई बायाँ र धर्मात्माहरूलाई दायाँतर्फ राख्नुहुन्छ’ भन्ने इसाईधर्मीहरूको विश्वास रहेको छ ।

यही धार्मिक मान्यताको प्रभावमा परेर फ्रान्स र बेलायतका राजाले संसदभित्र समर्थकहरूलाई धार्मिक तथा सकारात्मक भएको अर्थमा आफ्नो दायाँतर्फ र विरोधी तथा असहमत पक्षलाई ‘पापी’ भन्ने अर्थमा बायाँतिर रहने व्यवस्था मिलाएका थिए । राजाले ‘पापी’ भन्ने अर्थमा बायाँतर्फ रहेकाहरूलाई कालान्तरमा वामपन्थी ९बायाँ हाततर्फका० भन्न थालियो र कम्युनिस्टहरू ‘वामपन्थी’ भएकोमा गौरवानुभूति गर्दछन् ।

एक्काइसौँ शताब्दीका कम्युनिस्टको मूल लक्ष्य साम्यवाद नभई सत्ता बनेको छ र केवल सत्ताका निम्ति जुनसुकै कथकण्डा अपनाउन तत्पर रहने प्रवृत्ति उनीहरूमा देखिएको छ ।

यसरी कम्युनिस्ट र क्रिस्चियनबीचको प्राचीनतम मान्यतामा आधारित भएर जोडिन पुगेको छ । तर, भारत र नेपाललगायतको मुलुकका कम्युनिस्टहरूले इसाई मान्यतालाई पछ्याएर वामपन्थमा गौरवानुभूति गरेको नभई यसको रहस्यबारे जानकारी नभएकोले हुन सक्छ । यद्यपि कम्युनिस्ट र क्रिस्चियनबीचको समानता या सम्बन्ध यतिमै सीमित भने छैन ।

मार्क्सको जन्म हुनुभन्दा धेरै पहिलेदेखि नै इसाईहरूले साम्यवादी अभ्यास गरेका थिए । जिसस क्राइस्टका सूत्रहरूमा आधारित भएर कैयन शताब्दीअघि नै साम्यवाद स्थापनाको परिकल्पना गरिएको थियो । यस्तो विचारलाई क्रिस्चियन कम्युनिज्मका रूपमा बुझ्ने गरिन्छ र यसलाई निजीकरणविरुद्धको अवधारणाका रूपमा पनि लिइन्छ । क्रिस्चियन कम्युनिज्मको अवधारणाबाट प्रेरित भएर पाँचौँ शताब्दीमा युरोपमा शुरु भएको मज्दाक ९ःब्श्म्ब्प्० आन्दोलनलाई पनि साम्यवादमुखी आन्दोलन भनिन्छ ।

सोह्रौँ शताब्दीका ब्रिटिस लेखक थोमस मोरेले पनि आफ्ना रचनाहरूमा सामाजिकीकरण र साम्यवादको परिकल्पना गरेका थिए । इसाई धर्मावलम्बी मोरेले सम्पत्तिमा साझा स्वामित्वको विषयलाई जोडदार ढङ्गले उठाइरहँदा उनलाई तात्कालिक समाजले क्रिस्चियन कम्युनिस्टका रूपमा बुझेको थियो । सत्रौँ शताब्दीमा इंग्ल्यान्डमा चलेको प्युरिटन धार्मिक समूह ९एग्च्क्ष्त्ब्ल् च्भ्ीक्ष्न्इग्क् न्च्इग्ए० को अभियानलाई पनि क्रिस्चियन कम्युनिस्ट आन्दोलनका रूपमा बुझिन्छ । डिगर्स ९म्क्ष्न्न्भ्च्क्० का नामले समेत चिनिने उक्त धार्मिक समूहले निजी सम्पत्ति राख्ने प्रचलनविरुद्ध अभियान चलाएको थियो । खासगरी जमिनमा निजी स्वामित्व रहनुहुँदैन भन्ने उनीहरूको मान्यता थियो ।

यसरी शताब्दीयौँदेखि क्रिस्चियनहरूले प्रस्तुत गर्दै आएको साम्यवादी अवधारणालाई हिगल, कान्ट र फायरबाखलगायतका विद्वान्हरूले आ–आफ्ना तर्क र शिल्पमा प्रस्तुत गरेका थिए । यसै पृष्ठभूमिमा कार्लमार्क्सले द्वन्द्वात्मक भौतिकवाद र वर्ग–सङ्घर्षको विचारसँग साम्यवादलाई जोडेर सम्प्रेषण गरेका हुन् । वर्ग–सङ्घर्षको अवधारणाले युरोप र संसारका धेरै मुलुकलाई प्रभावित गऱ्यो, अझसम्म गर्दै छ । पुँजीपति वर्गविरुद्ध श्रमिक एकताबद्ध हुने र संसारमा श्रमिकहरूको सत्ता स्थापित गर्ने मार्क्सको विचारमा लेनिनले ‘राज्य विलोप गर्नका निम्ति कम्युनिस्टहरूले राज्यसत्ता सम्पूर्ण रूपले नियन्त्रणमा लिनुपर्ने’ व्यहोरा थपिदिएपछि विश्व राजनीतिमा कम्युनिस्टहरूको प्रकोप बढेको हो ।

गैरइसाई मुलुकहरूमा कम्युनिस्ट र क्रिस्चियनबीच अर्को प्रकारको समानता पनि भेटिन्छ । राज्यसत्ता प्राप्ति र त्यसमाथि एकलौटी नियन्त्रणका लागि सम्बन्धित मुलुकमा स्थापित राजनीतिक शक्ति, धार्मिक, सांस्कृतिक एवम् पारम्परिक मूल्य–मान्यताहरू जरैदेखि उन्मूलन गरिनुपर्छ भन्ने वैचारिक अवधारणा कम्युनिस्टहरूको हुन्छ । त्यसैले जुन मुलुकमा जस्तो प्रकारका राजनीतिक शक्ति स्थापित छन्, जुन धर्म, संस्कृति र परम्परामा मानिसको आस्था र विश्वास छ, त्यसलाई जरैदेखि ध्वस्त बनाउने कार्य कम्युनिस्टहरूबाट हुने गर्दछ ।

लेनिनको विचारमा कम्युनिस्टहरूले राज्यसत्ता कब्जा गर्नुपर्ने कारण अन्ततः त्यसको विघटनका निम्ति हो । तर, संसारबाट देशहरूको अस्तित्व नामेट तुल्याइने कार्य अत्यन्त कठिन मात्र नभई असम्भव प्रतीत हुन्छ । स्वयम् कम्युनिस्ट बनेकाहरू पनि पृथ्वीबाट देशहरूको अस्तित्व मेट्ने कार्य सम्भव देख्दैनन् । तथापि राज्यसत्ता कब्जा गरी सत्तामा स्थायी नियन्त्रण कायम गर्नेसम्मको काम कम्युनिस्टबाट हुँदै आएको छ । एक्काइसौँ शताब्दीका कम्युनिस्टको मूल लक्ष्य साम्यवाद नभई सत्ता बनेको छ र केवल सत्ताका निम्ति जुनसुकै कथकण्डा अपनाउन तत्पर रहने प्रवृत्ति उनीहरूमा देखिएको छ ।

गैरइसाई मुलुकहरूमा कम्युनिस्ट र क्रिस्चियनबीच अर्को प्रकारको समानता पनि भेटिन्छ । राज्यसत्ता प्राप्ति र त्यसमाथि एकलौटी नियन्त्रणका लागि सम्बन्धित मुलुकमा स्थापित राजनीतिक शक्ति, धार्मिक, सांस्कृतिक एवम् पारम्परिक मूल्य–मान्यताहरू जरैदेखि उन्मूलन गरिनुपर्छ भन्ने वैचारिक अवधारणा कम्युनिस्टहरूको हुन्छ । त्यसैले जुन मुलुकमा जस्तो प्रकारका राजनीतिक शक्ति स्थापित छन्, जुन धर्म, संस्कृति र परम्परामा मानिसको आस्था र विश्वास छ, त्यसलाई जरैदेखि ध्वस्त बनाउने कार्य कम्युनिस्टहरूबाट हुने गर्दछ । आफ्नो प्रभाव र पकड विस्तारका निम्ति क्रिस्चियनहरू पनि सम्बन्धित मुलुकको मौलिक धर्म, संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यता तथा त्यसलाई संरक्षण दिने राजनीतिक शक्तिका विरुद्ध क्रियाशील हुने गर्दछन् । क्रिस्चियन र कम्युनिस्ट दुवैले नेपालको सन्दर्भमा वैदिक सनातनी धर्म, परम्परा र संस्कृति तथा यसको संरक्षण गर्ने राजनीतिक शक्तिलाई ध्वस्त पार्न सम्पूर्ण बल लगाउनुको कारण पनि यही नै हो ।

धर्म अफिम हो भन्दै हिन्दू देवीदेवताका मन्दिर भत्काउने कम्युनिस्टहरूसँग क्रिस्चियनहरू नङ र मासुझैँ किन जोडिए भने नेपालको मौलिक धर्म, संस्कृति र शक्ति नास नगरीकन क्रिस्चियन धर्म विस्तार हुन नसक्ने उनीहरूको ठहर छ । त्यसैले माओवादीको हिंसात्मक युद्धदेखि अहिलेसम्म क्रिस्चियन र कम्युनिस्ट एउटै सिक्काका दुई पाटोझैँ बनेका या देखिएका हुन् । नेपाललाई इसाई मुलुकमा रूपान्तरण गरिसकेपछि क्रिस्चियनहरूले कम्युनिस्टलाई पनि विस्थापित गर्नेमा शङ्का गरिरहनुपर्दैन । तर, तत्कालका निम्ति क्रिस्चियन र कम्युनिस्ट दुवैलाई एक–अर्काको साथ अपरिहार्य हुन पुगेको छ ।

नेपालमा हाल क्रियाशील सबै राजनीतिक दलको तल्लो तहका नेता–कार्यकर्ता आज पनि नेपाली मौलिक धर्म, संस्कृति र परम्पराप्रति प्रतिबद्ध छन् । तर, प्रमुख राजनीतिक दलहरूभित्र ज्यालादारीमा खटिएका नेतारूपी प्राणीहरू एक झोला नगद, समृद्ध देशको भिसा र आफ्ना निजी सन्ततीको आप्रवासका निम्ति नेपालको आफ्नो धर्म, परम्परा र संस्कृति मेट्न दिलोज्यानले कस्सिएका छन् ।

कुनै बेग्लै उद्देश्यका निम्ति क्रिस्चियन बनेकाहरू वर्तमान कम्युनिस्टलाई आफ्नो सबैभन्दा भरपर्दा मित्रशक्ति ठान्ने गर्दछन् । आस्था र विश्वासका साथ इसाई धर्म अपनाउनेहरूको विचार–दृष्टिकोण यस लेखमा उल्लेख भएकोभन्दा भिन्न हुन सक्छ । तर, धर्मान्तरणलाई मुख्य उद्देश्य बनाएका इसाईहरूचाहिँ कम्युनिस्टको सबैभन्दा ठूलो हितैषी बनेका छन् ।

नेपाली जनता चालै नपाईकन क्रिस्चियन र कम्युनिस्टको माखेसाङ्लोमा परिसकेका छन् । अब यसबाट उन्मुक्ति पाउन नेपालीले एकपटक सङ्गठित पहल गर्नुपर्ने अपरिहार्यता वाञ्छित भइसकेको छ । नेपालमा हाल क्रियाशील सबै राजनीतिक दलको तल्लो तहका नेता–कार्यकर्ता आज पनि नेपाली मौलिक धर्म, संस्कृति र परम्पराप्रति प्रतिबद्ध छन् । तर, प्रमुख राजनीतिक दलहरूभित्र ज्यालादारीमा खटिएका नेतारूपी प्राणीहरू एक झोला नगद, समृद्ध देशको भिसा र आफ्ना निजी सन्ततीको आप्रवासका निम्ति नेपालको आफ्नो धर्म, परम्परा र संस्कृति मेट्न दिलोज्यानले कस्सिएका छन् ।

नेपालको रक्षा गर्न साँच्चै चाहनेहरूका निम्ति एउटा विकराल चुनौती थप्ने कार्य जिम्मेवार भनिएका राजनीतिक दलको नेतृत्वबाट नै भएको छ, तर के अब पनि हामी देश लुटिएको यसरी नै हेरिरहने हो रु कि देशको रक्षाका निम्ति ढिलो नगरीकन नयाँ पाइला चाल्ने हो, देशको एकमुठी माटो हातमा लिएर निर्णय गर्नुपर्ने बेला आएको छ । (घटना र विचार)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.