पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थल पुर्‍याएर फर्किएको गाडीकाे ठक्करबाट १ काे मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 11 | 03:06 pm 1906

मोरङ, चैत्र २८ :  पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीले माेटरमाइकलाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा– ४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको विराटननगरस्थित नोबल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी प्रमुख एसपी मजोज केसीका अनुसार पूर्वराजा शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकस्थित ठक्कर दिएको हो ।

उक्त गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएको एसपी केसी जानकारी दिए । उनको नोबल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना गराउने कार र चालकलाई नियन्त्रणमा लिएको आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.