लुकाएर राखेको अवस्थामा सखुवाको काठ बरामद

| 2019 Mar 27 | 08:34 am 3124

झापा, चैत १३ : दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवाको काठ डिभिजन वन कार्यालय झापाले बरामद गरेको छ । धनेश्वर काष्ठ तथा दाउरा खरीद बिक्री केन्द्रले उद्योग परिसरमै खाल्डो खनेर लुकाएको तीन सय दश दशमलव २५ क्यूफिट सालको चिरान काठ बरामद गरेको वन कार्यालयले जनाएको छ ।

लुकाइछिपाई राखेको भन्ने विशेष सुराकीको आधारमा उक्त काठ डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय दमक र सुरुङ्गाबाट गएको टोलीले काठ बरामद गरेको हो । काठ सवडिभिजन वन कार्यालय सुरुङ्गामा राखिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए।

उद्योगका प्रमुख सोमबहादुर तामाङ भने फरार रहेको कार्यालयले जनाएको छ । उनको खोजी कार्य गरिरहेको बताउँदै प्रमुख घिमिरेले भने तामाङलाई वन ऐन २०४९ अनुसार एक वर्ष जेल सजाय र काठको बिगोअनुसारको जरिवाना हुने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.