पोखरामा लगातार तेस्रो दिन प्याराग्लाइडिङ दुर्घटना, आज पनि एकको मृत्यु

| 2019 Mar 05 | 02:46 pm 2144

पोखरा, फागुन २१ : पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मंगलबार पोखराको साराङकोटबाट उडेको प्याराग्लाइडिङ केहीबेरमै दुर्घटना भएको हो ।

दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरामा लगातार तेस्रो दिनको प्याराग्लाइडिङ दुर्घटना हो ।

यसअघि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका एक नागरिकको मृत्यु भएको थियो । फेवातालमा खसेका रोमानियाली नागरिककाे उपचारका क्रममा ज्यान गएकाे थियाे ।

साेमबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा दुईजना घाइते भएका थिए । कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा साे दुर्घटना भएकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.