अवैध भन्सार छलि गरी ल्याएकाे सामान बरामद

रिपोर्ट नेपाल | 2019 Jan 18 | 09:32 pm 2293

बारा,माघ ४ अवैध रुपमा भन्सार छलिगरी ल्याएको विभिन्न किसिमका सामान प्रहरीले बरामद गरेका छन् । ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएका प्रहरी टोलीले बारा निजगढ नगरपालिका वडा नम्बर–९ स्थित शहिदचोकमा ना ५ ख ५९०३ नम्बरको बसको हुटमा लुकाई छिपाई राखेको ४ वटा झोला भित्र करिब ४ लाख ५५ हजार बराबरको अवैध भन्सार छलीका सामान बरामद गरेका हुन् ।

बरामद गरेको सामान र धारा (बाथरुम) को विभिन्न पार्टहरु रहेका छन् । वेवारिसे अवस्थामा फेला परेको हुँदा उक्त सामानहरु भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्याल वीरगँज पर्सामा पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.