बारा, मंसिर १८ : अवैध रुपमा खयरको काठ चोरी गरेको आरोपमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हवी वडा नम्बर ९ का रामगिरी चौधरी र सोही ठाँउ बस्ने पाच पाहुन चौधरीलाई पक्राउ गरिएको हो ।
आज मंगलबार बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आफ्नै टोलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।
रौतहटको जिल्ला वन संरक्षण विशेष अदालतले मिति २०४९ जेठ २६ गते मुद्धा फैसला गरिएको थियो । उनीहरुलाई जनही १ वर्ष कैद र ५,५४७ रुपैयाँ जरिवानाको फैसला भएको बताएका छन् ।
अभियुक्तहरुलाई जिल्ला अदालत बारामा लगिएको र आजै अदालतले तोकीएको कैद र जरिवानाको लागि कारागार विरगंज पठाइएको प्रहरीले बताए ।