सिराहा, मंसिर ११ : बरियारपट्टी गाउँपालिका ५ कजरा चोकबाट भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख रुपैयाँ बराबरको साडी र सिरकको खोल सहित ४० वर्षीय गुरुदेव यादव सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सो स्थानमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ४ वटा मोटरसाइकलमा ल्याउँदै गर्दा उक्त सामान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।