समुदाय- प्रहरीको साझेदारीमा बारामा निःशुल्क स्वास्थ्य शिविर

रिपोर्ट नेपाल | 2018 Nov 24 | 07:25 pm 2803

बारा, मंसिर ८ :  जिल्ला प्रहरी कार्यालय बारा तथा सामुदायिक प्रहरी सेवा केन्द्र बाराको संयुक्त आयोजनामा शनिबार समुदाय प्रहरी साझेदारी अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । स्वास्थ्य शिविर जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१८ उचेडीस्थित मिशन
ऐकेडमी स्कुलको प्राङ्गणमा संचालन गरिएको जनाइएको छ ।

स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा तरन्‍नुम खातुन, डा जितेन्द्र यादव, डा अजय अस्थाना, डा सचिन गुप्ता, डा संजय गिरी, डा पिके जैसवार, स्वास्थ्यकर्मी तथा स्वयमसेवीको सहयोगमा २ सय ५१ पुरुष, ४ सय २४ महिला गरी ६ सय ७५ बिरामीको निः शुल्क स्वास्थ्य उपचार गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उक्त कार्यक्रममा क्षेत्र नम्बर ३ (क) का सांसद ज्वाला साह, जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा कृष्ण पौडेल, जिप्रका बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराई, सामुदायिक सेवा केन्द्रका अध्यक्ष महम्मद सगीरलगायत सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सामुदायिक प्रहरी, जितपुरसिमरा-१८ का वडाध्यक्ष, स्थानीय समाजसेवी, बुद्धीजिवीलगायतको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.