हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 17 | 06:00 pm 3320

कास्की, मंसिर १  : हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका ८ मा लुम्बिनी मनिट्रान्सफर संचालक सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संचालक कास्की पोखरा महानगरपालिका ५ मालेपाटन को ५३ वर्षीय नेत्रलाल ज्ञवाली र मनिट्रान्सफरका कर्मचारी सोही महानगरपालिका २ बिन्दवासिनी को ३० वर्षीय प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

उक्त मनिट्रान्सफरमा अवैध तरीकाले हुन्डी कारोबार भएको भन्ने सूचना आएपश्चात ४ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूह पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न व्यक्तिको नाममा हङकङबाट अवैध रुपमा आएको रकम १ लाख ५० हजार रुपैयाँ सहित कारोबारमा संलग्न दुवैजनालाई पक्राउ गरेको हो । यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.