किन बन्द हुँदैछ भारतीय नाका

| 2018 Nov 16 | 08:18 am 3153

दार्चुला, कात्तिक ३० : भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।

धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कात्तिक २ गतेका दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भारतको पिथोरागढ जिल्लाअन्तर्गत स्थानीय निकायको निर्वाचन हुँदैछ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।

निर्वाचनलाई  लक्षित गरी आज शुक्रबार बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म निर्वाचनलाई मध्यनजगर गरी पुल बन्द हुने भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.