बारा, कात्तिक २६ : अवैध रुपमा भन्सार छलिगरी ल्याइएका विभिन्न सामाग्रीहरु ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले बरामद गररी पक्राउ गरिएको छ ।

प्रहरी निरीक्षक खगेन्द्र धमलाको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट चोरी पैठारी गरी ल्याएका करिब ८ लाख २१ हजार १ सय बराबरको विभिन्न सुतिको साडी, रेडिमेन्ट कपडा तथा कस्मेटिक सामानहरु र सामान ओसारपसार गर्न प्रयोग गरिएका करिब ४ लाख बराबरको भारतीय मोटरसाईकल ८ थान समेत बेबारिसे अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए ।
बरामद गरिएका लत्ताकपडा, कस्मेटिक सामान र मोटरसाईकलहरु आज सोमबार भन्सार ऐन अनुसार आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाईएको जानकारी दिएका छन् ।