| 2019 Apr 20 | 06:27 am 1225

काठमाडौं, वैशाख  ७  : तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतकाे पोल सार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । घटनामा थप दुई जना घाइते भएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौं बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.