सुनचाँदीको भाउ घट्याे

| 2019 May 19 | 02:21 pm 2265

काठमाडौं, जेठ ५ : एक सातादेखि लगातारजसो आकाशिएको सुन चाँदीको भाउ घटेको छ । भाउ आकाशिएपछि सुन चाँदीका गहना बनाउन नसकिरहेकालाई भाउ घटेपछि भने राहत मिल्ने भएको छ ।

आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.